सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा आजदेखि कृषि सामग्री कम्पनीको मल आउने


  •    न्युजभित्तो/२६ श्रावण २०७९, बिहीबार १२:१८ 
  • चितवन, साउन २६ । चितवनमा आज (बिहिबार) देखि कृषि सामग्री कम्पनीले खरिद गरेको रासायनिक मल (युरिया) आउने भएको छ । कम्पनीका अनुसार चितवनमा आज मात्रै ४६ मेट्रिकटन मल आउन लागेको हो ।

    चितवनका लागि ५ सय ५५ मेट्रिकटन मल मात्रै उपलब्ध भएको कम्पनीका चितवन शाखा प्रबन्धक राजेन्द्र वगालेले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । कृषि सामग्री कम्पनीले ग्लोबल टेण्डर प्रणाली मार्फत नेपालमा मल ल्याएको हो । यसपटक देशभर मलको हाहाकार भएको छ । साल्ट ट्रेडिङ कर्पौरेशनले ल्याएको थोरै परिमाणको मल वितरण गरिसकेको जनाएको छ । तर किसानलाई चाहिने जति मल उपलब्ध हुन सकेको छैन ।

    कृषि सामग्री कम्पनीले जिल्लामा एक हप्तापछि मात्रै मल वितरण गर्ने प्रवन्धक बगालेले जानकारी दिनुभयो । यहाँ यो सिजनको धान बालिमा मात्रै ३ हजार मेट्रिकटन मलको आवश्यकता छ । किसानको माग धेरै भएपनि सरकारी निकायबाट थोरै मात्रै मल उपलब्ध गराउन लागिएको हो ।

    रासायनिक मल वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) नाका हुँदै नेपाल ल्याइएको हो । सरकारले ग्लोबल बोलपत्रमार्फत ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिङ्गापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले पाएको थियो । ओमानबाट नेपालका लागि आयात गरिएको मल पानीजहाजमा सामुद्रिक मार्ग हुँदै भारतको कोलकाता बन्दरगाह हुँदै त्यहाँबाट रेलमा वीरगञ्ज ढुवानी हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.