सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा घरायसी विवादमा श्रीमतीले अचानोले हानेर श्रीमान्को हत्या


  •    न्युजभित्तो/२५ श्रावण २०७९, बुधबार ११:१७ 
  • चितवन,२५ श्रावण। पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान्को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो ।

    कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो । उनका अनुसार घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन् ।

    आक्रमणबाट टाउकामा चोट लागेका टीकारामको मङ्गलबार घरभित्र कोठामा शव भेटिएको हो । घटनामा संलग्न रहेको आशङ्कामा श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टीकरामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.