सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिटिजन्स बैँकले ल्यायो १० गुणा प्रतिफल दिने दुई मुद्धती योजना


  •    न्युजभित्तो/२४ श्रावण २०७९, मंगलवार १५:३० 
  • चितवन, साउन २४ । सिटिजन्स बैँक इन्टरनेशनले १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ सञ्चालनमा ल्याएको छ ।चितवनको सौराहमा सम्पन्न बैँकका १८० शाखा प्रबन्धकहरुको भेलाबाट सुशासनमा अब्बल हुने घोषणासहित ती दुई मुद्धती योजनाको सुभारम्भ गरेको हो ।

    बैँकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले सौराहमा सम्पन्न तीन दिने नेतृत्व तथा क्षमता अभिवृद्धि सम्मेलनमा ती मुद्धती योजनाको घोषणा गरेका छन् । शाखा प्रबन्धकहरु तथा बरिष्ठ व्यवस्थापकहरुलाई सम्बोधन गर्दे बैँकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले यस बँैकलाई सुशासनमा अब्बल बनाउने घाोषणा पनि गरेका छन् । विगत डेढ दशकदेखि सर्वसाधारणलाई गुणस्तरीय र सुरक्षित सेवा तथा सूविधा दिँदै आएको सिटिजन्स बैंकले साउन २१ गते थप आकर्षक मुद्धती योजना ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ खाताको सुभारम्भ गरेको बैँकले जनाएको छ ।

    सिटिजन्स चिरायु मुद्धती योजनाअन्र्तगत ग्राहकले १३ वर्ष ४ महिना देखि २२ वर्ष १ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणादेखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउने बैँकले जनाएको छ । रेमिटेन्स चिरायु मुद्धती योजनामा गाहकहरूले १२ वर्ष ३ महिनादेखि २० वर्ष ३ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने जनाइएको छ । यस मुद्धती निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैँकको कुनै पनि शाखा मार्फत् न्यूनतम् ५० हजार मौज्दातमा खोल्न पाउनेछन् । यस मुद्धती निक्षेप योजनाबाट बैँकका व्यक्तिगत एवम् रेमिटेन्स ग्राहकहरू लाभान्वित हुने विश्वास बैँकले लिएको छ ।

    यसका साथै बैँकले ग्राहकको वित्तीय आवश्यकताहरु सहजताका साथ पूरा होस् भन्ने अभिप्रायका साथ वेभसाइट मार्फत् स्र्माट सरभिसेस् सेवासमेत सुचारु गरेको छ । यस सेवा अन्र्तगत ग्राहकले बैँकको वेभसाइट मार्फत् नै विभिन्न कार्डसम्बन्धी सेवाहरु मोबाइल र ईबैकिङसम्बन्धी सेवाहरु, सेयरसम्बन्धी सेवाहरु तथा क्युआर सम्बन्धी सेवाहरु सहजताका साथ प्राप्त गर्न सक्नेछन् ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिब १४ लाख ७१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बैँकका प्रवक्ता नारायणराज अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.