सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक्सपर्ट एजुकेशनले १९ वर्षमा एक लाख जनालाई दियो परामर्श सेवा


  •    न्युजभित्तो/२४ श्रावण २०७९, मंगलवार १४:०३ 
  • चितवन, साउन २४। नेपालका शिक्षित युवाद्वारा सञ्चालित शैक्षिक परामर्श केन्द्र ‘एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस’ले विगत १९ वर्षमा एक लाखभन्दा बढीलाई परामर्श सेवा दिएको छ । विश्वका विभिन्न १५ देशमा कार्यालय स्थापना गरी ५० भन्दा बढी शाखाबाट सो सेवा दिइएको हो ।उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई भाषा शिक्षण तथा परामर्श सेवा दिएर विदेशी कलेजसँग जोड्ने काम एक्सपर्टले गर्दै आएको छ । सर्भिसेसका निर्देशक सागर अर्यालका अनुसार एक्सपर्टले मुख्यरूपमा अष्ट्रेलिया, क्यानडा र बेलायत जाने धेरै विद्यार्थीलाई सेवा दिएको छ । एक्सपर्टको अष्ट्रेलियाका प्रमुख सहरमा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको उहाँले जानकारी दिनुभयो । यस्तै भारत, श्रीलङ्का, बङ्गलादेश, हङ्कङ, अफ्रिका, थाइल्याण्डलगायतका देशमा एक्सपर्टका शाखा रहेको र ती शाखामा सात सयभन्दा बढी कर्मचारीले सेवा दिँदै आएका उहाँले बताउनुभयो ।

    एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीका अनुसार चितवनसहित नेपालका प्रमुख सहरमा कार्यालयमार्फत यो सेवा दिइएको छ । मुख्यरूपमा १० जोड दुई उत्तीर्ण गरेका बिद्यार्थी शैक्षिक परामर्शका लागि धेरै आउने गर्दछन् । यससँगै स्नातक र स्नातकोत्तरपछि पनि उच्च शिक्षाका लागि विद्यार्थी आउने गरेको उहाँले जानकारी दिनुभयो । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने धेरै विद्यार्थीलाई शैक्षिक परामर्श सेवा दिने संस्थामा एक्सपर्ट अग्रणी मानिन्छ ।

    संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै एक्सपर्ट फाउण्डेशन स्थापना गरी समस्यामा परेकाहरूलाई सहयोग पुर्‍याउँदै आएको छ । विसं २०७२ को गोरखा भूकम्पका पीडितलाई सो फाउण्डेशनले रु सात लाखभन्दा बढीको राहत बितरण गरेको थियो । यस्तै रु १० लाख लगानी गरेर सिन्धुपाल्चोकमा विद्यालय भवन निर्माण गरेको थियो । गएको कोभिडको लहरसँगै नेपालका अस्पतालमा रु ६० लाखभन्दा बढी खर्च गरेर अक्सिजन कन्सन्टेटर र सिलिण्डर वितरण गरेको थियो । विदेशमा अध्ययनमा रहेका विद्यार्थीलाई कोभिडको समयमा एक लाख ५० हजार अष्ट्रेलियन डलर सहयोग गरेको एक्सपर्टले जनाएको छ । बाढीपहिराको समयमा पनि एक्पर्टले सहयोग गर्दै आएको छ ।

    फाउण्डेशनले जनचेतनामूलक र खेलकुद क्षेत्रमा पनि सहकार्य गर्दै आएको छ । निर्देशक अधिकारीले भन्नुभयो, “हामीले परामर्श दिएका विद्यार्थीलाई कुनै अप्ठ्यारो नपरोस् भन्ने कुरामा हामी सजग छौँ ।” एक्सपर्टका सञ्चालकहरूले नेतृत्व गरेर प्रमुख सहरमा काम गरेकाले सेवा प्रभावकारी बनेको यससँग परामर्श लिएका विद्यार्थीहरू बताउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.