सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मर्दा २ सय बढी वन्यजन्तुको उद्धार


  •    न्युजभित्तो/२४ श्रावण २०७९, मंगलवार १३:३३ 
  • चितवन, साउन २४ । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरेका छन् ।यी गैँडा विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ३३ गैँडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैँडा शिकारीले मारेका हुन् । एउटाको कारण खुलेको छैन । एउटा गैँडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको हो ।

    यस्तै, एक वर्षमा ६ वटा बाघ प्राकृतिक कारणले मरेका तिवारीले बताउनुभएको छ । ६ वटै बाघ उपचारको क्रममा मरेको उहाँले जानकारी दिनुभएको छ । १० वटा अर्ना पनि प्राकृतिक कारणले मरेका छन् । इन्क्लोजरमा राखिएका अर्ना बाघको आक्रमणबाट मर्ने गरेका छन् ।

    एक वर्षको अवधिमा निकुञ्जमा २ सय ४ वन्यजन्तु मरेका छन् । तीमध्ये प्राकृतिक कारणले १ सय ४ मरेका छन् । यस्तै, निकुञ्जले गएको आर्थिक वर्षमा तीन गैँडासहित १९ प्रजातीका २ सय २२ वन्यजन्तुको उद्धार गरेको छ । सात बाघ, १५४ अजिंगर, १४ चित्तल, नौ मगर गोही र आठ कछुवाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभएको छ । एक किंग कोब्रासहित सात सर्पको पनि उद्धार गरिएको छ । चितुवा, जरायो, उल्लु, गिद्ध, भुडीफोर गरुड, मयुर, बँदेल एकरएक वटा उद्धार गरिएको उहाँले बताउनुभयो । चार लगुना, तीन निर बिरालो, दुई नीलगाई, दुई चिल र दुई रतुवाको पनि उद्धार गरिएको निकुञ्जको तथ्यांकमा रहेको छ ।

    निकुञ्जले वन्यजन्तुको चोरी शिकारीको मुद्धामा गएको आर्थिक वर्षमा ५४९ जनालाई पक्राउ गरेको छ । सात जना संरक्षित वन्यजन्तुको चोरी शिकारीमा संलग्न थिए । चोरी शिकारीमा संलग्न सातमध्ये छ जना गैँडा शिकारी रहेको तिवारीले जानकारी दिनुभयो । गैँडा, बाघ, हात्ती लगायत २७ प्रजातीका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.