सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पाँच जनाले गरे नेपाली नागरिकता परित्याग


  •    न्युजभित्तो/२२ श्रावण २०७९, आईतवार १८:३५ 
  • चितवन, २२ साउन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी टीकाराम वाग्लेका अनुसार यस्ता नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको प्रक्रिया गर्ने गरेका छन् । यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी छन् ।

    उनका अनुसार यस जिल्लाबाट सोही समयमा छ जनाको नागरिकता रद्द गरिएको छ । नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गर्ने गरिन्छ । वाग्लेका अनुसार झुट्टा विवरण पेश गरी दुईवटा नागरिकता लिएको, अन्य जिल्लाबाट समेत नागरिकता लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गरिने गरिन्छ । सोही क्रममा जिल्लाबाट छ जनाको नागरिकता रद्द गरिएको हो ।

    यस्तै गत आर्थिक वर्षमा १८ हजार तीन सय ९७ जनाले वंशजका आधारमा नागरिकता लिएका छन् । अङ्गीकृत नागरिकता लिने आठ जना रहेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए । उनका अनुसार अङ्गीकृत नागरिकता लिनेहरू आमा–बुवासमेत अङ्गीकृत नागरिकता लिएकाहरूको परिवार रहेका छन् । पन्ध्र वर्ष नेपालमा बसोबास गरेका, नेपाली भाषा बोल्न र लेख्न जान्नेलाई यो नागरिकता दिने गरेको भए पनि गत वर्ष अङ्गीकृत नागरिकता पाएका परिवारबाहेक अन्यले पाएका छैनन् ।

    न्यौपानेका अनुसार कार्यालयबाट ४३ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । नेपाली पुरुषसँग विवाह गरेर आएका विदेशी महिलाले यो नागरिकता लिने गरेका हुन् । जिल्लामा गत आर्थिक वर्षमा १२ हजार १७ जनाले प्रतिलिपि नागरिकता लिएका थिए । २५ हजार चार सय ८५ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.