सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा साँस्कृतिक झाँकीसहित आदिवासी दिवस मनाइँदै


  •    न्युजभित्तो/२२ श्रावण २०७९, आईतवार १५:५८ 
  • चितवन,२२ श्रावण । नेपाल आदिवासी जनजाती महासंघ चितवनले विविध कार्यक्रम गरेर २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवस मनाउने भएको छ ।

    महासंघले आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर दिवसका कार्यक्रम बारे जानकारी दिएको हो । महासंघ चितवनका कार्यबाहक अध्यक्ष महेन्द्र दुराले साउन २४ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहल कार्यक्रम हुने जानकारी दिए ।

    बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक भाषा र लोकभाकामा बनेका गीतहरु प्रस्तुत गरिने जानकारी दिए । यस्तै साँस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिने उनले बताए ।

    आदिवासी जनजातिहरुले आ-आफ्नो सँस्कृति झल्किने पोषाकमा झाँकी तथा नाच प्रस्तुत गर्ने उनले बताए । आदिवासी जनजातिहरुको धार्मिक पहिचान स्थापित गर्न, राज्यका हरेक निकायमा समानुपातिक समावेसीको सिद्धान्तको आधारमा सम्मानजनक सहभागितालगायतका मुद्धालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बहस गर्ने अवसरको रुपमा दिवस मनाउने गरिएको उनले बताए ।

    ‘पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी जनजाति आन्दोलन, जाति, भाषा, धर्म र सँस्कृति संरक्षणको लागि देशव्यापी राष्ट्रिय जागरण’ भन्ने मूल नाराका साथ २४ गते अन्तराष्ट्रिय विश्व आदिवासी दिवस मनाईँदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.