चितवन,२२ श्रावण । नेपाल आदिवासी जनजाती महासंघ चितवनले विविध कार्यक्रम गरेर २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवस मनाउने भएको छ ।
महासंघले आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर दिवसका कार्यक्रम बारे जानकारी दिएको हो । महासंघ चितवनका कार्यबाहक अध्यक्ष महेन्द्र दुराले साउन २४ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहल कार्यक्रम हुने जानकारी दिए ।
बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक भाषा र लोकभाकामा बनेका गीतहरु प्रस्तुत गरिने जानकारी दिए । यस्तै साँस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिने उनले बताए ।
आदिवासी जनजातिहरुले आ-आफ्नो सँस्कृति झल्किने पोषाकमा झाँकी तथा नाच प्रस्तुत गर्ने उनले बताए । आदिवासी जनजातिहरुको धार्मिक पहिचान स्थापित गर्न, राज्यका हरेक निकायमा समानुपातिक समावेसीको सिद्धान्तको आधारमा सम्मानजनक सहभागितालगायतका मुद्धालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बहस गर्ने अवसरको रुपमा दिवस मनाउने गरिएको उनले बताए ।
‘पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी जनजाति आन्दोलन, जाति, भाषा, धर्म र सँस्कृति संरक्षणको लागि देशव्यापी राष्ट्रिय जागरण’ भन्ने मूल नाराका साथ २४ गते अन्तराष्ट्रिय विश्व आदिवासी दिवस मनाईँदैछ ।