चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
न्युजभित्तो/२० श्रावण २०७९, शुक्रबार १३:५५
चितवन,२० श्रावण। चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर ६ की ५१ वर्षीय माया विक रहेकी छन् । आज (शुक्रबार) दिउँसो १ स्थानीय दक्षिणकाली सामुदायिक बनमा घाँस काट्न गएको समयमा उनलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय, गितानगरबाट प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।