चितवन,१९ श्रावण। चितवन प्रहरीले दुई किलो गाँजासहित दुई पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खैरहनी नगरपालिका ३ गोठश्वरका ३७ वर्षीय सुकलाल मोक्तान र सोही स्थानका ३४ वर्षीय दिपक घिसिङ तामाङ रहेका छन् ।
उनीहरुलाई १७ गते मंगलबार दिउँसो ३ बजे खैरहनी ०३ बुद्धशान्ती टोलबाट पक्राउ गरिएको हो । दुबै जना तामाङको घर पछाडी बसिरहेको अवस्थामा तीन वटा प्लाष्टिकको झोलाबाट उक्त गाँजा बरामत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पक्राउ परेकाहरु माथि सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।