पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक दुबैतर्फी खुल्यो
न्युजभित्तो/१९ श्रावण २०७९, बिहीबार १४:४१
चितवन,१९ श्रावण। नारायणगढ मुग्लिन सडक खण्ड दुबैतर्फी खुलेको छ । भरतपुर महानगरपालिका २९ केराबारीमा पहिरो खस्दा अवरुद्ध सडक दिउँसो १:५० बजे खुलेको प्रहरीले जानकारी दिएको छ ।
आज मध्यान्ह १२:३० बजे केराबारीमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएर सडक दुबैतर्फी खुलाईएको प्रहरीले जनाएको छ ।