सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको राप्तीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्‍यु, श्रीमान घाईते


  •    न्युजभित्तो/१८ श्रावण २०७९, बुधबार १७:०६ 
  • चितवन,१८ श्रावण। चितवनको राप्तिमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ७ बिरेन्द्रनगर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको हो ।

    भरतपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना ६ख ५९८६ नम्बरको ट्रकले सोही दिशा बाट जाँदै गरेको बागमती प्रदेश ०३-००३प१२०९ नं.को स्कुटरलाई ठक्कर दिएको थियो ।

    ट्रकको ठक्करबाट स्कुटरमा सवार राप्ती नगरपालिका वडा नम्बर ६ हर्दी घर भएकी २४ बर्षिय रमिता तामाङ कुवरको मृत्यु भएको छ । दुर्घटनामा परि गम्भीर घाइते तामाङको उपचारको क्रममा ३:५० मा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि स्कुटर चालक उनको श्रीमान बर्ष २८ को सुशील कुवर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ  ।  दुर्घटनापछि स्थानीयले पुर्वपश्चिम राजमार्ग अबरुद्ध पारेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.