सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा ठेकेदारको ढिलासुस्ती र लापरबाहीले सयौँ सडक निर्माण अलपत्र भयो: मेयर रेनु दाहाल


  •    न्युजभित्तो/१७ श्रावण २०७९, मंगलवार १६:५० 
  • चितवन, साउन १७। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठेकेदारको ढिलासुस्ती र लापरबाहीले सडक पूर्वाधार निर्माणको काम अलपत्र परेको बताएकी छन् ।भरतपुर महानगरपालिका–१८ मा रहेको मिलन युवा क्लबले गरेको बधाई तथा सम्मान कार्यक्रममा मेयर दाहालले ठेकेदारकै कारण भरतपुरका सयौँ सडकहरु अधुरो र अलपत्र परेको बताएकी हुन् ।

    मेयर दाहालले महानगरपालिकाले बारम्बार ताकेता गर्दा पनि ठेकदारहरु विभिन्न बहाना बनाएर सडक निर्माणको कामलाई अलपत्र पारेर महानगरपालिको सम्पर्क बाहिर बसेको बताइन् । ‘तोकिएको समयमा सयौँ सडकहरु अहिले निर्माण सम्पन्न हुनु पथ्र्यो’,उनले भनिन्,‘ठेक्का भएको छ । काम हुँदैन । ठेकदारहरुले ठेक्का लिने काम नगर्ने परिपाटीले जनताले दुःख पाएका छन् । यसबारे जनप्रतिनिधिलाई गुनासो आउनु स्वाभाविक पनि हो ।’ महानगरपालिकाको काम योजना छनोट गर्ने, बजेट विनियोजन गरी ठेक्का दिने हो, ठेक्का पाएका ठेकेदारले काम लिएर विभिन्न बाहाना बनाई होल्ड गरेर बस्ने परिपाटीको देखिएको छ’–मेयर दाहालले भनिन् ।

    अहिले वर्षात्को समय भएकाले कालोपत्रे गर्न नमिल्ने भएकाले निर्माण रोकिएको पनि मेयर दाहालले बताइन् । ठेकदारहरुले विभिन्न बाहाना बनाएकाले सडक निर्माणका कामहरु रोकिएको मेयर दाहालले जानकारी दिइन् । ‘कहिले वर्षात् भयो भन्दै काम रोकिएको छ’, उनले भनिन्,‘कहिले निर्माण सामग्री अभावको बाहान बनाइन्छ । कहिले निर्माण सामग्रीको मूल्यवृद्धि भयो भनेर बाहाना बनाइएको छ ।’

    भरतपुर महानगरपालिकाले विगत ५ वर्षको अवधिमा ६१० किमि सडक कालोपत्रे गरेर उदाहरणीय कार्य गरेको छ । पछिल्लो ६ महिनादेखि भरतपुरमा ठेक्का सम्झौता भएका सडकहरु अलपत्र परेका छन् । महानगरले निर्माण कार्य रोक्ने ठेकेदारलाई काम अगाडि बढाउन ताकेता पनि गर्दै आइरहेको उनले बताइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.