सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका नदीहरुमा पानीको सतह निरन्तर बढ्दैः सर्तक र सुरक्षित रहन प्रशासनको अनुरोध


  •    न्युजभित्तो/१७ श्रावण २०७९, मंगलवार १६:४४ 
  • चितवन, साउन १७ । निरन्तरको वर्षसँगै नदीहरुमा पानीको सतह बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सर्तकता अपनाउन अनुरोध गरेको छ ।लगातारको भारी वर्षाेले नारायणी, राप्ती, रिउ लगायतका ठूला तथा साना नदी र खोलाहरुमा पानीको सतह निरन्तर बढिरेको भन्दै उच्च जोखिममा रहेका तथा स्थानमा बसोबास गर्ने सबैलाई प्रशासनले सुरक्षित रहन आग्रह गरेको हो ।

    देवघाटमा नारायणी नदीको पानीको सतह खतरातह नजिक पुगेको छ । निरन्तर वर्षात्को कारण नारायणी, राप्ती लगायतका अन्य ठूला र साना नदीहरूको आसपासको क्षेत्रमा बाढी, पहिरो, कटान, डुबानको सम्भावना रहेको प्रशासनले जनाएको छ ।

    जोखिमको अवस्था हेरी तत्काल सुरक्षित स्थानमा जान समेत अनुरोध गरेको छ । बाढी आएको अवस्था तथा नदीको सतह उच्च रहेको जोखिमको समयमा नदी नालाहरुमा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न र नगराउन ध्यानाकर्षण गरेको छ । साथै नारायणगढ –मुग्लिङ सडकखण्डको विभिन्न ठाउँहरुमा पहिरो जाने क्रम जारी रहेको हुदा वैकल्पिक बाटो प्रयोग गर्न सूचित गरिएको छ । मनसुनजन्य विपद्को घटना घटेमा नेपाल प्रहरीको १०० नम्बर वा जिल्ला आपतकालिन सञ्चालन केन्द्रको मोबाइल नम्बर ९८४४२०८८८८ मा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.