सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढको शहिदचोक–धर्मचोक सडक निर्माण कार्य ठप्प


  •    न्युजभित्तो/१६ श्रावण २०७९, सोमबार १७:१५ 
  • चितवन, साउन १६। नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडक निर्माण चार वर्ष पूरा हुदा पनि सकिएको छैन ।

    सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने भए पनि २०७९ साउन १६गते जादा पनि निर्माण पूरा हुन नसकेको हो ।

    निर्माणमा खटिएका सरोकारवालाहरु एकले अर्काेलाई दोष दिइरहेका छन् । कामदार र सम्बन्धित ठेकेदारले समयमा कामको भुक्तानी पाएका छैनन् । पारामाउन्ट विल्डर्स बानेश्वर काठमाडौँलाई शिवशक्तिले नालीको स्टक्चरको काम दिएको थियो । तर, सात महिनादेखि पैसा नदिएको पारामाउन्टका एमडी सबिन केसीले नारायणी अनलाइनलाई बताए ।

    पारामाउन्टले एक करोड २० लाखसम्मको काम गरेको छ । काम गरेको लक्ष्मी माविदेखि बैकुन्ठ चोकसम्म करिब दुई किलोमिटर नालाको काम यसले गरेको थियो । काम गरे अनुसार ४५ लाख रुपैयाँ अझै पाउन नसकेको केसी बताउँछन् । ठेक्का तोडेर धर्म चोकमै कोठा भाडामा लिई केसी कामको पैसा पाइहालिन्छ की भनेर प्रतिक्षामा छन् ।

    लामो समयसम्म ठेकेदारले पैसा नदिँदा ढुङ्गा, गिटी, बालुवा, कामदारलाई रकम बुझाउन नसके पछि काम छोडेको उनको भनाइ छ । उनले भने, ‘भने जस्तो क्वान्टिटी दिँदैन, पैसा झुलाइदिँदा घाटामा गइयो । श्रमिकलाई पेमेन्ट गर्न सकिएन, काम गर्न पनि सकेनौं ।’

    यसबाटो निमार्णको क्रममा चार जना इञ्जिनियर फेरिसकेको जेभीले पैसा माग्दा फोन नउठाउने, पूरानै इञ्जिनियर चाहिने भन्ने गरेको उनको गुनासो छ । इञ्जिनियरसँग आफूले सम्झौता नगरेकाले ठेकेदारले बहाना बनाई झुलाउने काम गरिरहेको उनको जीकिर छ । यस्तै भरतपुर महानगरपालिका–४ धर्मचोककी स्थानीय विष्णु केसीले रासनको पैसा पाएकी छैनन् । बाटो बनाउने क्रममा ३५ जनालाई उनले रासन प्रदान गेरेकी थिइन् । जसकोे करिब ६० हजार लिन बाँकी रहेको केसीको भनाइ छ । चार वर्षसम्म बाटो पनि पूर्ण नहुनु र रासनको पैसा पनि नपाउनाले आजित बनाएको बताए । फोन गरे कुरा भोलिवादमै सकिने गरेको उनको भनाइ छ ।

    होटल व्यवसायी भुवन बजगाइँले पनि एक लाखभन्दा बढी रकम लिन बाँकी छ । कामदारलाई खाना, खाजा खुवाएका उनले २०७८ कात्तिकबाट पैसा नपाएको बताए । भाडामा होटल सञ्चालन गर्दै आएका बजगाइँले समयमा पैसा नदिँदा घरभाडा तिर्न, बच्चाहरुको विद्यालयको फिस तिर्न, उदारो लिएको ठाउँमा रासनको पैसा बुझाउन नपाएको गुनासो गरे ।

    कामदारलाई डेरा दिएका स्थानीय बसन्त सापकोटाले पनि ६० हजार रुपैयाँ ठेकेदारबाट लिन बाँकी छ । निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले भने बद्नाम गर्ने काम भएको आरोप लगाएका छन् । भ्रामक कुरा गर्नभन्दा कागजातसहित आउन उनले आग्रह गरेका छन् । उनले भने, ‘ठेकेदार कम्पनीको नाम बद्नाम गराइयो, प्रहरीमा समेत यस विषयमा केस परेको थियो । बोलाउदा सम्पर्कमा आउँदैनन् । काकजसहित आउनुप¥यो भ्रमित पार्न भएन । सबै गरेर शिवशक्तिले तिर्न करिब ढेड लाख जति रहेको उनको भनाइ छ ।

    करिब तीन हजार १०० मिटरको यस बाटोको सम्झौता २०७५ साल वैशाख २६ गते भएको थियो । १० मिटर चौडाइको यस बाटो निमार्णको लागि सडकको दुवै तर्फ ६ देखि ७ फिट गहिरो ढल खनिएको छ । अब बैकुण्ठ चोकदेखि धर्मचोकसम्म ५०० मिटर बाटो बन्न बाँकी रहेको छ । भदौंसम्म काम सम्पन्न हुने ठाकुरले बताए । अहिले नालीको काम हँुदै छ । तीन दिनदेखि निरन्तर पानी परिरहेकाले काम अहिले भने रोकिएको छ ।

    निर्माण आयोजनाका लेखाअधिकृत होमनाथ पौडेलले सघन शहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य प्याकेज नं. २ अन्तर्गतको सात योजनामध्ये एक रहेको जानकारी दिए । जसकालागि सरकारले ९९ करोड, ९७ लाख, चार हजार ९०९ दशमलब ५२ रुपैँयाँ कुल लागत रकम अनुमान गरेको थियो । भ्याटसहित ६८ करोड, २३ लाख, १५ हजार ८२४ दशमलब १६ रुपैयाँमा सम्झौता भएको थियो । शहिदचोकदेखि बैकुण्ठ चोक, धर्मचोक र कचपचे चोकसम्मको बाटोका लागि भने मूल्य समायोजनसहित ४९ करोड ४३ लाख ३३ हजार ९९ रुपैयाँ भुक्तानी गरेको पौडेलले जानकारी दिए । ठेक्का रकम भने ७१ करोड ३८ लाख ३५ हजार ५७४ रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.