चितवनका उद्योगीलाई उद्योग सञ्चालनमा मार्केटिङको भूमिका विषयमा प्रशिक्षण
न्युजभित्तो/१५ श्रावण २०७९, आईतवार १७:१५
चितवन, साउन १५। उद्योग व्यवसाय सञ्चालनमा बजारशास्त्रको भूमिका विषयमा चितवनमा छलफल भएको छ ।मार्केटिङ क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा ख्याती प्राप्त व्यक्तित्व प्रा.डा.तुलसी धरेल र चितवनका उद्योगीहरुबीच परिचयात्मक एवम् उद्योग सञ्चालनमा मार्केटिङको भूमिका विषयमा आज छलफल भएको हो ।
चितवन उद्योग संघका उपाध्यक्ष एवम् आर्थिक योजना तथा निर्माण विभागका संयोजक मदन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा.डा धरेलले आफूले २० वर्षदेखिको क्यानडाका विश्वविद्यालयहरुमा अध्यापन गराउँदाका अनुभवहरु सुनाएका एि । मार्केटिङ विषयमा अध्यापन गराउँदै आएका धरेलले ससाना उद्योगदेखि मल्टीनेशनल उद्योगहरुसम्म मार्केटिङ योजना बिना नै सञ्चालन हुँदा धरापमा परी बन्द समेत भइरहेको र मार्केटिङलाई मुल एजेण्डामा राखी अध्ययन गरेर सञ्चालन भएका उद्योगहरु वर्षौसम्म टिकिरहन सफल भएका उदाहरणहरु प्रस्तुत गरेका थिए । छलफलमा संघका उपाध्यक्ष एवम् नीति निर्माण समन्वय तथा उद्यमी पाठशाला सञ्चालन विभागका संयोजक युगराज वस्तीले कार्यक्रमको उद्देश्यसँगै संघका महत्वपूर्ण परियोजनाहरुका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, चिरञ्जीवी पोखरेल, ताराबहादुर कार्की, महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँवर, युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्की, युवा उद्यमी मञ्चका कार्यसमिति सदस्य सरोजबाबु घिमिरे, पत्रकार राजु चौधरी, संघका प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल, चितवन औद्योगिक विकास साकोसकी व्यवस्थापक प्रमिला थापा, सञ्चार अधिकृत राजु भट्ट, कार्यक्रम अधिकृत विकास भट्टलगायतको उपस्थिति रहेको थियो ।
चितवन, साउन १५। उद्योग व्यवसाय सञ्चालनमा बजारशास्त्रको भूमिका विषयमा चितवनमा छलफल भएको छ ।मार्केटिङ क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा ख्याती प्राप्त व्यक्तित्व प्रा.डा.तुलसी धरेल र चितवनका उद्योगीहरुबीच परिचयात्मक एवम् उद्योग सञ्चालनमा मार्केटिङको भूमिका विषयमा आज छलफल भएको हो ।
चितवन उद्योग संघका उपाध्यक्ष एवम् आर्थिक योजना तथा निर्माण विभागका संयोजक मदन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा.डा धरेलले आफूले २० वर्षदेखिको क्यानडाका विश्वविद्यालयहरुमा अध्यापन गराउँदाका अनुभवहरु सुनाएका एि । मार्केटिङ विषयमा अध्यापन गराउँदै आएका धरेलले ससाना उद्योगदेखि मल्टीनेशनल उद्योगहरुसम्म मार्केटिङ योजना बिना नै सञ्चालन हुँदा धरापमा परी बन्द समेत भइरहेको र मार्केटिङलाई मुल एजेण्डामा राखी अध्ययन गरेर सञ्चालन भएका उद्योगहरु वर्षौसम्म टिकिरहन सफल भएका उदाहरणहरु प्रस्तुत गरेका थिए ।
छलफलमा संघका उपाध्यक्ष एवम् नीति निर्माण समन्वय तथा उद्यमी पाठशाला सञ्चालन विभागका संयोजक युगराज वस्तीले कार्यक्रमको उद्देश्यसँगै संघका महत्वपूर्ण परियोजनाहरुका बारेमा प्रकाश पारेका थिए ।