सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका उद्योगीलाई उद्योग सञ्चालनमा मार्केटिङको भूमिका विषयमा प्रशिक्षण


  •    न्युजभित्तो/१५ श्रावण २०७९, आईतवार १७:१५ 
  • चितवन, साउन १५। उद्योग व्यवसाय सञ्चालनमा बजारशास्त्रको भूमिका विषयमा चितवनमा छलफल भएको छ ।मार्केटिङ क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा ख्याती प्राप्त व्यक्तित्व प्रा.डा.तुलसी धरेल र चितवनका उद्योगीहरुबीच परिचयात्मक एवम् उद्योग सञ्चालनमा मार्केटिङको भूमिका विषयमा आज छलफल भएको हो ।

    चितवन उद्योग संघका उपाध्यक्ष एवम् आर्थिक योजना तथा निर्माण विभागका संयोजक मदन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा.डा धरेलले आफूले २० वर्षदेखिको क्यानडाका विश्वविद्यालयहरुमा अध्यापन गराउँदाका अनुभवहरु सुनाएका एि । मार्केटिङ विषयमा अध्यापन गराउँदै आएका धरेलले ससाना उद्योगदेखि मल्टीनेशनल उद्योगहरुसम्म मार्केटिङ योजना बिना नै सञ्चालन हुँदा धरापमा परी बन्द समेत भइरहेको र मार्केटिङलाई मुल एजेण्डामा राखी अध्ययन गरेर सञ्चालन भएका उद्योगहरु वर्षौसम्म टिकिरहन सफल भएका उदाहरणहरु प्रस्तुत गरेका थिए ।
    छलफलमा संघका उपाध्यक्ष एवम् नीति निर्माण समन्वय तथा उद्यमी पाठशाला सञ्चालन विभागका संयोजक युगराज वस्तीले कार्यक्रमको उद्देश्यसँगै संघका महत्वपूर्ण परियोजनाहरुका बारेमा प्रकाश पारेका थिए ।

    कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, चिरञ्जीवी पोखरेल, ताराबहादुर कार्की, महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँवर, युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्की, युवा उद्यमी मञ्चका कार्यसमिति सदस्य सरोजबाबु घिमिरे, पत्रकार राजु चौधरी, संघका प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल, चितवन औद्योगिक विकास साकोसकी व्यवस्थापक प्रमिला थापा, सञ्चार अधिकृत राजु भट्ट, कार्यक्रम अधिकृत विकास भट्टलगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.