सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढमा निःशुल्क चित्रकला प्रशिक्षण सुरु


  •    न्युजभित्तो/१४ श्रावण २०७९, शनिबार १४:०९ 
  • चितवन, साउन १४। बालबालिका भित्रको कला प्रस्फुटन गर्न नारायणगढमा शनिबारदेखि निःशुल्क चित्रकला प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।लायन जीतबहादुर पिया व्यवसायिक तालीम केन्द्र, नारायणगढ लायन्स क्लवको आयोजना र नारायणी कलामन्दिर नारायणगढको सह–आयोजनामा चित्रकला प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

    प्रशिक्षण कार्यक्रमको वरिष्ठ चित्रकार, छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदीले समुद्घाटन गरे । सो क्रममा बोल्दै विनोदीले कला, साहित्य र संस्कृति देशको गौरव रहेको बताए । सरकारले कला, सँस्कृति संरक्षणका लागि नाम मात्रको प्रतिष्ठानहरु गठन गरेको भन्दै आमजनताले सिक्ने अवसर नपाएको बताए । ‘प्रतिष्ठानहरु खुलेका त छन् तर आमसर्वसाधरण जनताले सिक्ने, ज्ञानआर्जन गर्ने अवसर प्राप्त गर्न सकेका छैनन्, यस्तो अवस्थामा यो प्रशिक्षण कार्यक्रम हुनु सबैका लागि गौरवको विषय हो’–विनोदीले भने । उनले यस तालीमबाट विद्यार्थीहरुले चित्रकलाको व्यवसायिकताको लागि समेत दक्षता हासिल गर्नेमा विश्वास व्यक्त गरे ।

    नारायणगढ लायन्स क्लवका अध्यक्ष शान्त कुमार पियाले चितवनका नयाँ प्रतिभालाई पोख्त बनाउन यस निःशुल्क चित्रकला प्रशिक्षण कार्यक्रम गरिएको बताए । उनले स्वर्गीय बुबा लायन जीतबहादुर पियाको दृढइच्छा र युवाहरुलाई व्यवसायिक बनाउनुपर्छ भन्ने चाहनालाई पुरा गर्दै लायन जीतबहादुर पिया व्यवसायिक तालीम केन्द्र स्थापना गरेर नारायणगढ लायन्स क्लवले विभिन्न सीपमुलक तालीमहरु प्रदान गर्दै आइरहेको बताए । उनले यस तालीमबाट सीप विकास गरि युवा पिढीलाई स्वबलम्बन बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

    नारायणी कलामन्दिरका अध्यक्ष सुवीर श्रेष्ठले युवाहरुलाई भविष्यमा उत्कृष्ट चित्रकार बनाई देशमा नाम चल्ने कलाकारको रुपमा स्थापित गराउन यो तालीम आयोजना गरिएको जानकारी दिए । उनले कलामन्दिरले निरन्तर कला,सँस्कृतिको संरक्षणका लागि काम गर्दै आइरहेको भन्दै चित्रकला प्रशिक्षण कार्यक्रम पनि एक महत्वपूर्ण कार्यक्रम रहेको बताए ।

    प्रशिक्षण कार्यक्रम प्रत्येक शनिबार विहान ८ देखि १० बजेसम्म दुई घण्टा चल्नेछ । यस कार्यक्रममा चितवनका चर्चित चित्रकारहरु बरुणबाबु घिमिरे, प्रमेश कँडेल र मिलन गुरुङले प्रशिक्षण दिइरहेका छन् । यस तालीम निरन्तर चल्ने कार्यक्रम संयोजक लायन प्रशान्त कुमार पियाले जानकारी दिए । तालीममा ६० जना भन्दा बढी बालबालिकाहरुको सहभागिता रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.