सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा घरको कम्पाउन्डमा पार्किङ गरेर राखेको बाइक चोर्ने दुई युवक पक्राउ


  •    न्युजभित्तो/१४ श्रावण २०७९, शनिबार १२:३४ 
  • चितवन,साउन १४। भरतपुरबाट चोरीको मोटरसाईकल र लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भरतपुर ११ का २२ वर्षीय सुमन गुरुङ र २१ वर्षीय विवेक थापा रहेका छन् ।

    उनीहरुलाई बिहीबार भरतपुर २ मा मोटरसाईकलमा सवार गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।प्रहरीका अनुसार गत बैशाख २६ गते भरतपुर ५ स्थित घरको कम्पाउन्डमा पार्किङ गरी राखेको प्रशान्त बुढाथोकीको बागमति प्रदेश ०३–०२८ प ४९३८ नम्बरको केटिएम डुक चोरी भएको भनी निवेदन प्राप्त भएको थियो । खोजतलासको क्रममा उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी प्रदेश ३–००३ प ५८९० नम्बरको प्लेट लगाएर चलाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेकाहरुमाथि चेकजाँच गर्दा थापाको साथबाट फेनारगन ५ एम्पुल, डाईजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल गरी १५ एम्पुल लागुऔषध समेत फेला परेको प्रहरीले जानकारी दिएको छ । दुबैलाई मोटरसाईकल र लागुऔषध सहित पक्राउ गरी शुक्रबार चितवन जिल्ला अदालतबाट लागुऔषध तथा चोरी मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.