सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका सबै वडामा छोरी बीमा कार्यक्रम कार्यान्वयन गर्न पत्राचार


  •    न्युजभित्तो/१३ श्रावण २०७९, शुक्रबार १५:५३ 
  • भरतपुर,१३ श्रावण। भरतपुर महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक बिकास महाशाखाले ‘छोरी जीवन बीमा’ कार्यक्रम कार्यान्वयन गर्न/गराउन पत्राचार गरेको छ ।

    महाशाखाले सबै वडालाई उक्त कार्यक्रम तत्काल कार्यान्वयन गर्न गराउन पत्राचार गरेको हो । पत्रमा गत आर्थिक वर्ष ०७८/७९ को जेष्ठ १ गतेदेखि नै लागू हुने गरी उक्त कार्यक्रम कार्यान्वयन गर्न भनिएको छ ।

    साउन ८ गते बसेको बीमा कार्यान्वयन समितिको बैठकले कार्यक्रम कार्यान्वयन गराउन पत्राचार गर्ने तथा आवश्यक प्रमाण पुगेका कागजात महाशाखा अन्तर्गत महिला बालबालिका तथा समाज कल्याण शाखामा पठाउने र अभिभावकबाट निवेदन संकलन गर्ने कार्यलाई तिव्रता दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सबै वडालाई पत्रचार गरिएको महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिईन् ।

    दोस्रो कार्यकालका लागि भरतपुर महानगरको मेयरमा निर्वाचित भएपछि पदभार ग्रहणका क्रममा रेनु दाहालले छोरी जीवन बीमा कार्यक्रम घोषणा गरेकी थिईन् । भरतपुरमा जन्मिने छोरीलाई नि:शुल्क बीमा गर्ने उनको दोस्रो कार्यकालको पहिलो निर्णय थियो ।

    उक्त निर्णय गत असार २९ गते बसेको नगरकार्यपालिकाको बैठकबाट स्वीकृत तथा असार ३१ गते प्रमाणिकरण भएको थियो । उक्त बीमा १५ वर्ष अवधिको हुनेछ । मेयर दाहालको उक्त निर्णयको सबैको प्रशंसा गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.