चितवनमा तीन करोड ६४ लाखको सामान ठगी गर्ने २ जना कारागार चलान
न्युजभित्तो/१३ श्रावण २०७९, शुक्रबार १३:०३
चितवन,१३ श्रावण। चितवनमा ठगीको मुद्दामा दुई जना कारागार चलान भएका छन् ।
ठगी मुद्दामा मकवानपुरको हेटौडा उपमहानगरपालिका ९ का ३६ वर्षीय सुरेन्द्र अधिकारी र रौतहटको लछमनिया ४ जन्मस्थान भई मकवानपुर हेटौडा ४ बस्ने ३५ वर्षीय गोविन्द मैनालीलाई चितवन कारागार चलान गरिएको हो ।
उनीहरुविरुद्ध रत्ननगर १४ लालिगुँरासटोलमा रहेको युनिलिभर नेपाल लिमिटेडको भाडाको गोदाम (क्लियरिङ्ग एण्ड फर्वाडिङ एजेन्ड) बाट तीन करोड ६४ लाख ५८ हजार ७१० रुपैयाँ बराबरको सामान ठगीको जाहेरी परेको थियो ।
उनीहरुलाई पक्राउ गरी अनुसन्धानपछि निर्णयार्थ मिसिल पेश भएकोमा अदालतको साउन ११ गते गतेको पुर्पक्षको लागी कारागार पठाउन आदेश दिएको थियो । अदालतक्को आदेश अनुसार दुबैलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।