सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज विश्व बाघ दिवस, नेपालमा बाघ गणनाको नतिजा सार्वजनिक गरिदै


  •    न्युजभित्तो/१३ श्रावण २०७९, शुक्रबार १०:४९ 
  • चितवन, साउन १३। आज २९औं अन्तर्राष्ट्रिय बाघ दिवस । चितवनसहित देशभर विभिन्न कार्यक्रमहरु गरि मनाईदै छ । यसपटक चितवन राष्ट्रिय निकुञ्जले सामान्य रुपमा बाघ दिवस मनाउन लागेको जनाएको छ ।विशेष रुपमा वन तथा वातावरण मन्त्रालय अन्तरगत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यक्रम हुने भएपछि जिल्लामा सामान्य रुपमा कार्यक्रम मनाउन लागिएको हो । ‘यसपटक सामान्य भेटघाट र छलफल राखेका छौं, विभागमा विशेष कार्यक्रम भएकाले चिफ वार्डेनलगायत विशेष व्यक्तित्वहरु काठमाडौंमै कार्यक्रममा सहभागि हुन पुग्नु भएको छ’–चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले भने ।

    विगतमा वन तथा वातावरण मन्त्रालयले विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम जिल्ला–जिल्लामा मनाउँदै आइरहेको थियो । यसपटक नेपालको बाघ गणनाको नतिजा सार्वजनिक गर्न लागिएकाले काठमाडौँमै विशेष कार्यक्रम गर्न लागिएको हो । यसपटकको गणना अनुसार नेपालमा बाघको संख्या दोब्बर पुगेको अनुमान गरिएको छ ।
    नेपालमा पाइने पाटे बाघ विश्वका १३ देशमा पाइन्छ। विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो।

    सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १ सय २१ लाई दोब्बरभन्दा पनि बढी २ सय ५० वयस्क बाघ पुर्‍याउने प्रतिबद्धता जनाएको थियो।

    नेपालमा पछिल्लो गणना अनुसार बाघको सङ्ख्या २ सय ३५ पुगेको छ। जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए।

    नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ। नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १ सय ९, सन् २००५ मा १ सय २६, सन् २००९ मा १ सय २१, सन् २०१३ मा १ सय ९८ रहेको विभागको तथ्याङ्क छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.