सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा यस वर्ष एसईईको नतिजा खस्कियो, ६४५ विद्यार्थीको आयो डी प्लस ग्रेड


  •    न्युजभित्तो/१२ श्रावण २०७९, बिहीबार १६:३४ 
  • चितवन, साउन १२। चितवनमा यस वर्ष एसईईको नतिजा खस्किएको पाइएको छ ।

    भरतपुर महानगरपालिका शिक्षा शाखा र शिक्षा समन्वय कार्यालय चितवनले कोरोनाको कारणले नतिजा खस्किएको पाइएको बताएका हुन् ।

    जिल्ला शिक्षा समन्वय कार्यालय चितवनका प्रमुख भूमिलाल सुवेदीले अहिलेको नतिजा खुसी हुने अवस्थाको नरहेको बताएका छन् । तर, कोभिड महामारीका कारण शिक्षा क्षेत्रमा परेको असरका बाबजुत नतिजा ठिकठिकै आएको उनको भनाइ छ ।

    खस्किएको शिक्षा क्षेत्रलाई उकास्ने पाटोमा काम गर्नुपर्ने सुवेदीको जोड छ । यस्तै भरतपुर महानगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्र पौडेलले कोरोनाले विद्यालय शिक्षालाई कमजोर बनाएको बताए । पालिकामा रहेको सबै विद्यालयको नतिजा संकलनको क्रममा रहेको उनले जानकारी दिए । आकलन गर्दा अपेक्षित विद्यालयले समेत कम नतिजा हासिल गरेको पौडेलको भनाइ छ । अबका दिनमा विद्यालय र विद्यार्थी दुबैलाई सूधार गरेर लग्ने कार्यक्रमलाई महानगर शिक्षाशाखाले जोड दिने बताए ।

    एसईई परीक्षामा चितवनका दुई जनाले ४ जीपीए ल्याएका छन् । ११ हजार ९८६ जना विद्यार्थी सहभागी भएकामा दुई जनाले चार जीपीए ल्याउन सफल भएको हो । यस्तै ५५० जनाले ३.६ देखि ४.० भन्दा कम जीपीए ल्याएका छन् । अर्थात ए प्लस ग्रेड ल्याएका हुन् । एक हजार २९२ जनाले ३.२ देखि ३.६ भन्दा तलको जीपीए (ए ग्रेड) ल्याएका छन् ।

    दुई हजार ११४ जनाले २.८ देखि ३.२ भन्दा कम जीपीए (बीप्लस ग्रेड) ल्याएकाछन् । दुई हजार ४२५ जनाले २.४ देखि २.८ भन्दाकमजीपीए (बी ग्रेड) ल्याएका छन् । दुई हजार ६३९ जनाले २.० देखि २.४ भन्दा कम जीपीए (सी प्लस ग्रेड) ल्याएका छन् । दुई हजार २७८ जनाले १.६ देखि २.० भन्दा कम जीपीए (सी ग्रेड) ल्याएका छन् । ६४५ जनाले १.२ देखि १.६ भन्दा कम जीपीए (डीप्लस ग्रेड) ल्याएकाछन् । १४ जनाले ०.८ देखि १.२ भन्दातल (डी ग्रेड) ल्याएका छन् ।

    चितवनको परीक्षाको नतिजा हेर्दा सि प्लस ग्रेड ल्याउने अत्याधिक रहेका छन् । क्रमशःबी ग्रेड, सी ग्रेड, बीप्लस ग्रेड, ए ग्रेड, डीप्लस ग्रेड, ए प्लस ग्रेड, डी ग्रेड, ४ जीपीए रहेको छ । जिल्लामा २३५ विद्यालयका १२ हजार ३२ जना एसईई परीक्षार्थी थिए । जसमध्ये १२९ जनाले सहभागिता जनाएन्न ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.