सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा अफ्रिकन स्वाइन फिभर पुष्टि, एकै फार्मका ५०० बङ्गुर मरे


  •    न्युजभित्तो/१२ श्रावण २०७९, बिहीबार १३:१३ 
  • चितवन,१२ श्रावण। चितवनमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ । भरतपुर महानगरपालिका ६ देवनगरस्थित पाथीभरा पशुपालन तथा दाना उत्पादन केन्द्रमा रहेको बङ्गुरमा अफ्रिकन स्वाइन फिभर देखिएको हो ।

    भरतपुर १२ का निवर्तमान वडाध्यक्ष नरेन्द्र कन्दङ्वाको उक्त फार्ममा बङ्गुर मर्न थालेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको हो । बङ्गुरमा अफ्रिकन स्वाइन फिभर परीक्षणका लागि पशु सेवा विभागमा पठाईएको थियो । विभागबाट रिपोर्ट पोजेटिभ आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा सुशील केसीले जानकारी दिए ।

    केसीका अनुसार चितवनमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर देखिएको हो । उक्त फार्ममा रहेका करिब आठ सय मध्ये पाँच सय वटा बङ्गुर मरेका छन् । ‘काठमाडौंमा तीन-चार महिना अघि देखिएको थियो । चितवनमा चाँही हामीले उहाँको फार्ममा मात्रै देखिएको हो, उनले भने,’बुङ्गुर मरिरहेको छ भनेपछि हामीले हाम्रो डाक्टरसहितको टिम पठाएका थियौं । काठमाडौंमा नमूना परीक्षण गर्दा संक्रमण पुष्टि भयो ।’

    फार्ममा रहेका बाँकी बङ्गुरमा पनि उक्त भाइरस संक्रमण भए मर्ने उनले बताए । उनका अनुसार काठमाडौंमा उक्त भाइरस देखा परेलगत्तै चितवनका कृषकहरुलाई बङ्गुर मासुका लागि बिक्री गरिहाल्न खबर गरिएको थियो ।

    उनले भने, ‘काठमाडौं यो भाइरस देखिएपछि ठूलो नोक्सानी हुने भएकोले यहाँका बङ्गुर पालक कृषकहरुलाई एक-दुई वटा मात्रै राखेर अरु मासुका लागि बिक्री गरिहाल्नुस् भनेर आग्रह गरेका थियौं । यो लागिसकेपछि उपाए छैन भनेका थियौं । यो मान्छेमा चाँही सर्दैन । तर बङ्गुरमा लागिसकेपछि त्यो मासु तीन वर्षसम्म फ्रिजमा राखे पनि मर्दैन ।’

    यसले चितवनमा अफ्रिकन स्वाइन फिभरको जोखिम बढाएको डा केसीले बताए । बङ्गुर ओसारपसार नगरे पनि देशभरका सवारी साधन चितवन हुँदै जाने भएकोले जोखिम बढेको उनको भनाइ छ । ‘बङ्गुर नै ओसारपसार नगरे पनि चितवन काठमाडौंसहित देशभर जाने बाटो भएकोले मान्छेकै माध्यमबाट पनि सर्न सक्छ । चितवन जोखिममा नै छ’, उनले भने ।

    चितवनका अन्य फार्ममा हालसम्म नदेखिएकोले जैविक सुरक्षा अपनाउन जरुरी रहेको उनले बताए । बङ्गुर फार्ममा जाँदा नुहाएर जान तथा कोरोना भाइरसको सुरक्षा अपनाउन उनले आग्रह गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.