सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरोले डुम्रे–बेँसीशहर सडक पुनः अवरुद्ध


  •    न्युजभित्तो/१२ श्रावण २०७९, बिहीबार १२:२१ 
  • लमजुङ,१२ श्रावण। अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे बेँसीशहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार वैकल्पिक सडकको रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो आएर सडक अवरुद्ध बनेको छ । सडक अवरुद्धका कारण कुनै पनि सवारी साधन चल्न नसकेको उनले बताए ।

    रातिदेखि निरन्तर वर्षा भइरहेको र बिहानसम्म पनि वर्षा जारी भएकाले हल्का लेदोसहितको पहिराे खसिरहेको छ । गत भदौ महिनामा आएको बाढीले सो सडकको देउराली डाँडामा सडक बगाएको थियो ।

    सोपश्चात् वैकल्पिक सडकका रुपमा सोहीमाथि जङ्गल हुँदै वैकल्पिक सडक सुचारु गर्दै आए पनि गत असारको पहिलो हप्ता आएको बाढी पहिराले सो सडकसमेत बगाएपछि उक्त स्थानबाट वैकल्पिक रुपमा सडक सञ्चालन हुँदै आएको छ । वैकल्पिक सडकसमेत सोही पहिराले पटक–पटक अवरुद्ध बनाउँदै आउँदा यात्रु मारमा पर्दै आएका छन् ।

    बेंसीशहरबाट काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीशहर आउने यात्रुलाई समस्या हुँदै आएको छ । त्यस्तै, उक्त सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्छन् । उनीहरुलाई समेत समस्या उत्पन्न भइरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.