चितवन,१० श्रावण। चितवनमा गैंडाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर ८ बागमारा सामुदायिक वनमा साेही ठाउँका बर्ष ३१ का कुन्दन लामालाई गैंडाले आक्रमण गर्दा घाईते भएका हुन् ।
उनी न्युरो टिप्न गएको समयमा गैंडाले अचानक आक्रमण गरेर घाईते बनाएको प्रहरीले जानकारी दिएकाे छ ।घाइते पछि उनकाे नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । उनको अनुहार, छातिमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेकाे प्रहरीले जनाएको छ ।