भरतपुरमा श्रीमतीको हत्या गरेर भाग्न खोज्दा श्रीमान्को पनि मृत्यु
न्युजभित्तो/९ श्रावण २०७९, सोमबार ०८:३४
चितवन, ९ साउन । भरतपुर महानगरपालिका वडा नम्बर १० रमाईलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राती १०ः२५ बजेको समयमा स्थानीय ४५ वर्षिय कृष्णप्रसाद आचार्यले घरायसी बिबादका कारण ३५ वर्षिया श्रीमती रुस्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाईते बनाएका थिए । श्रीमतीको उपचारका लागि कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका छन् । श्रीमतीलाइ आक्रमण पछि घरको तेस्रो तलाबाट भाग्न खोज्दा हामफालेका आचार्यको उपचारको क्रममा रातीनै चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरायासी झगडाका कारण घरको तेस्रो तल्लाको बैठक कोठामा श्रीमानले श्रीमतीलाई धारिलो हतियार प्रयोग गरेको प्रहरीले जनाएको छ ।