सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चार पार्टी मिलाएर समाजवादी केन्द्र बनाउने सहमति भइसक्योः नेता पुन


  •    न्युजभित्तो/८ श्रावण २०७९, आईतवार १६:४४ 
  • काठमाडौं,साउन ८। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चार पार्टी मिलाएर नेकपा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको बताएका छन्। उनले आगामी संघीय निर्वाचनमा कांग्रेससँग केही क्षेत्रमा मात्र तालमेल हुने प्रष्ट पारे। आइतबार संसद परिसरमा पत्रकारसँग कुरा गर्दै उनले तत्काल कुनै पार्टीसँग एकता सम्भावना नरहेको दाबी गरे।

    ‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ पुनले भने, ‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौं।’ कांग्रेससहितको पाँच दलीय गठबन्धन मिलेर चुनाव लड्ने तयारी भइरहेको बेला नेता पुनले कांग्रेससँग आवश्यकताका आधारमा मात्र तालमेल हुने प्रष्टिकरण दिए।

    ‘नागरिकता ऐनमा ओली सरकारले ल्याएकै प्रावधान छ, एमालेले दोहोरो चरित्र देखायो’ कांग्रेसले एक्लै चुनावमा बहुमत ल्याउनेगरी तयारी गर्ने निर्णय गरेपछि माओवादीको आधिकारिक आवाज पुनले बोलेका हुन्। ‘हामी समाजवादी केन्द्रबाट १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिन्छौ, कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ,’ उनले थपे। चुनावी मोर्चा बनेपनि कसैसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको उनले बताए।

    समाजवादी मोर्चा बनेपछि देशमा मुख्य दुई राजनीतिक शक्ति हुने र त्यसको नेतृत्व समाजवादी केन्द्रले गर्ने पुनले ठोकुवा गरे।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.