सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा मरे २०४ वन्यजन्तु, २२२ को उद्धार


  •    न्युजभित्तो/६ श्रावण २०७९, शुक्रबार ११:३४ 
  • चितवन,६ श्रावण। चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा दुर्लभ एकसिंगे गैंडासहित २०४ वन्यजन्तु मरेका छन् । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा २९ प्रजातीका २०४ वन्यजन्तु विभिन्न कारणले मरेका हुन् ।

    तीमध्ये प्राकृतिक कारणले मात्रै १०४ वन्यजन्तु मरेका छन् । कुकुरको आक्रमणबाट ५९, तारजालीमा परेर १६, सडक दुर्घटनाबाट ११, चोरी सिकारीबाट दुई र मानवीय लापरबाहीबाट एक वन्यजन्तुको मृत्यु भएको हो । १२ वन्यजन्तु मर्नुको कारण नखुलेको निकुञ्जले बताएको छ । सबैभन्दा धेरै चित्तल मरेका छन् ।

    निकुञ्जका अनुसार ८६ वटा चित्तल मरेका हुन् । तीमध्ये कुकुरको आक्रमणबाट मात्रै ५२, प्राकृतिक कारणले १५, तारजालीमा परेर १४ र सडक दुर्घटनाबाट चार चित्तलको मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । एउटाको भने कारण खुलेको छैन ।

    संरक्षित वन्यजन्तुको सूचीमा सुचिकृत दुर्लभ एकसिंगे गैंडा ३७ वटा मरेका छन् । तीमध्ये ३३ गैंडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैंडा चोरी शिकारीले मारेका हुन् । एउटाको कारण खुलेको छैन । एउटा गैंडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको हो ।

    त्यस्तै, छ वटा बाघ प्राकृतिक कारण ९उमेर पुगेर, विरामी भएर आदी०ले मरेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । छ वटै बाघ उपचारको क्रममा मरेको उनले बताए । १० वटा अर्ना पनि प्राकृतिक कारणले मरेका छन् । इन्क्लोजरमा राखिएका अर्ना बाघको आक्रमणबाट मर्ने गरेका छन् ।

    जरायो र बँदेल १०र१० र सरकारी घरपालुवा दुई हात्ती मरेका छन् भने भालु, चितुवा, गौरीगाई, निलगाई, गिद्ध लगायतका वन्यजन्तु एकरएक वटा मरेका छन् । घडीयाल गोही चार, लगुना पाँच, मगर गोही तीन, रतुवा पाँच, अजिंगर दुई लगायत साना प्रजातीका जनावर पनि मरेका छन् ।

    निकुञ्जले गत आवमा तीन गैंडासहित १९ प्रजातीका २२२ वन्यजन्तुको उद्धार गरेको छ । सात बाघ, १५४ अजिंगर, १४ चित्तल, नौ मगर गोही र आठ कछुवाको उद्धार गरिएको तिवारीले जानकारी दिए । एक किंग कोब्रासहित सात सर्पको उद्धार गरिएको छ ।

    त्यस्तै, चितुवा, जरायो, उल्लु, गिद्ध, भुडीफोर गरुड, मयुर, बँदेल एकरएक वटा उद्धार गरिएको उनले बताए । चार लगुना, तीन निर विरालो, दुई निलगाई, दुई चिल र दुई रतुवाको पनि उद्धार गरिएको छ ।

    निकुञ्जले वन्यजन्तुको चोरी शिकारीको मुद्धामा गत आवमा ५४९ जनालाई पक्राउ गरेको छ । सात जना व्यक्ति संरक्षित वन्यजन्तुको चोरी शिकारीमा संलग्न थिए । गैंडा, बाघ, हात्ती लगायत २७ प्रजातीका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

    संरक्षित वन्युजन्तुको चोरी शिकारीमा संलग्न सातमध्ये छ जना गैंडा शिकारी हुन् । जाजरकोट शिवालय गाउँपालिका–२ डुङग्रा बस्ने विर बहादुर बस्नेत, तनहुँ शुक्लागण्डकी नगरपालिका–२ बस्ने कमल गुरुङ, २२ वर्षदेखि फरार चितवन कालिका नगरपालिका–१ बस्ने कृष्ण प्रसाद न्यौपाने, कालिका नगरपालिका–२ बस्ने राजन प्रजा र राप्ती नगरपालिका–१० बस्ने राम कुमार प्रजालाई पक्राउ गरिएको तिवारीले जानकारी दिए ।

    त्यस्तै, बाघको छाला बिक्री खरिदको कसुरमा विगत १६ वर्ष देखि फरार तनहुँ जिल्ला देवघाट गाउँपालिका चुन्दुली बस्ने विष्णु बहादुर गुरुङलाई पक्राउ गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.