सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गठबन्धन सरकारको एक वर्षः जनता महँगीको मारमा


  •    न्युजभित्तो/२९ असार २०७९, बुधबार १२:३६ 
  • काठमाडौं,असार २९। सर्वोच्च अदालतको परमादेशमार्फत बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको आज (बुधबार) एक वर्ष पुगेको छ । सरकार गत २०७८ साल २९ असारमा गठन भएको थियो । गठन भएयता सरकारले जनप्रियभन्दा पनि अप्रिय काम धेरै गरेको छ । सरकारका अधिकांश मन्त्री बदनाम भएका छन् ।

    गठबन्धन सरकारको एक वर्ष

    बजेट निर्माणमा बिचौलियाको प्रयोग गरेको भन्दै आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिइसकेका छन् । यद्यपि, सरकारले स्थानीय तहको निर्वाचन भने सफलतापूर्वक सम्पन्न गराएको छ । यो सरकारको सकारात्मक काम हो ।

    विश्लेषकका अनुसार यो एक वर्षको अवधिमा सरकारले जनताको मन जित्नेगरी कुनै पनि उल्लेख्य काम गर्न सकेको छैन । यो एक वर्षमा गत ६ वर्षयताकै सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । राष्ट्र बैंकले सोमबार जारी गरेको प्रतिवेदनअनुसार हाल मूल्यवृद्धि दर ८.५६ प्रतिशत रहेको छ ।

    यसैगरी, आयात उच्च भएको छ भने विदेशी मुद्रा सञ्चिति कमजोर बन्न पुगेको छ । पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली अकासिँदा जनताको ढाड सेकिँदै आएको छ । बजार अनुगमन करिबकरिब शून्य हँुदा कालाबजारीया मलामाल भइरहेको बताइन्छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यो अवधिमा प्रशासन संयन्त्रमाथि चरम हस्तक्षेप गरिएको छ । मन्त्रीको सेटिङमा सचिवको सरुवा हुने क्रम अत्यधिक छ । प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकृतका अनुसार अहिले सरकारी निकायमा जसले जति भ्रष्टाचार गरे पनि छुटको वातावरण छ ।

    ‘जसले जति लुटे पनि कहीकतै कारबाही हुने अवस्था छैन, प्रधानमन्त्रीले मन्त्रीमाथि कुनै अंकुश लगाउन सकेका छैनन्, त्यस्तै मन्त्रीले सचिवलाई र सचिवले अन्य कार्यालय प्रमुखलाई अंकुश लगाउन सकेका छैनन् । सबैको मिलेमतोमा नीतिगत भ्रष्टाचार हुने क्रम बढेको छ, दण्डहीनता मौलाउँदो छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ती अधिकृतले  भने ।

    – ६ वर्षयताकै सबैभन्दा बढी मूल्यवृद्धि

    – नीतिगत भ्रष्टचारले सीमा नाघ्यो

    – प्रदेश सरकार बदनाम

    – चरम विवादमा अदालत

    – प्रधानन्यायाधीशमाथिको महाअभियोग अलपत्र

    – विवादपछि अर्थमन्त्रीद्वारा राजीनामा

    – बदनाम मन्त्री

    – दल फुटाउन अध्यादेश

    – बजार अनुगमन शून्य, कालोबजारीया मालामाल

    – प्रशासनमाथि चरम हस्तक्षेप

    – संविधानविपरीत हुनेगरी संवैधानिक परिषद्सम्बन्धी विधेयक

    प्रधानमन्त्री कार्यालयका अनुसार मन्त्रीहरू बेलगाम घोडाजस्तै भएका छन् । तत्कालीन पर्यटनमन्त्री प्रेम आले कैयौंपटक विवादमा आएका थिए । यसैगरी, कोभिड भ्याक्सिन गायब पारेको भन्दै स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि विवादमा तानिए । यस्तै, सहरी विकासमन्त्री रामकुमारी झाँक्री पनि सचिवसँग सेटिङ गरी कमाउ धन्दामा लागेको भन्दै विवादित भएकी थिइन् ।

    यस अवधिमा सत्तारूढ गठबन्धनका दललाई पालैपालो भाग पु¥याउन दुईपटकसम्म मन्त्रिमण्डल पुर्नगठन गरिएको थियो । गत एक वर्षको अवधिमा सरकारकै योजनामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लागे पनि कैयांै महिनादेखि त्यो प्रस्ताव त्यतिकै अलपत्र अवस्थामा राखिएको छ । सर्वोच्च अदालतमा लामो समयसम्म भएको आन्दोलनले न्याय क्षेत्र नै कमजोर बन्न पुगेको छ ।

    यसैअवधिमा सरकारले दल विभाजनसम्बन्धी विवादास्पद अध्यादेश ल्याएको थियो । सो अध्यादेश लोकतान्त्रिक मूल्य र मान्यताविपरीत ल्याइएको भन्दै सरकारको कडा आलोचना भएको थियो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यसैअवधिमा विभिन्न प्रदेश सरकारमा समेत विकृतिको चाङ बढ्न पुग्यो । सबै प्रदेशले मन्त्रालयको संख्या ७ बाट बढाएर १७ वटासम्म बनाउने काम गरे । जसका कारण खर्चमा दोब्बरले वृृद्धि हुन पुग्यो ।

    सरकारी निकाय पद्धति र प्रणालीमा भन्दा पनि भागबन्डाको संस्कारमा चलेको प्रशासनविद् शारदाप्रसाद त्रितालको भनाइ छ । ‘जताततै विकृति नै विकृति बढेको छ, सुशासन कमजोर हुँदै गइरहेको छ, शासकीय व्यवस्था अत्यन्तै कमजोर बन्न पुगेको छ,’ प्रशासनविद् त्रितालले राजधानीसँग भने ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अहिले सरकारले संविधानविपरीत हुनेगरी तयार पारेको संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरेको छ । सो विधेयक पारित भएमा संवैधानिक निकायसम्बन्धी संविधानमा भएको व्यवस्थालाई संकुचन गर्ने कानुनविद्ले बताएका छन् ।राजधानी दैनिकमा खबर छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.