सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बस्दै,अर्थमन्त्रीलाई स्पष्टीकरण सोध्ने तयारी


  •    न्युजभित्तो/२१ असार २०७९, मंगलवार १५:२१ 
  • काठमाडौं,असार २१- मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो तीन बजे बैठक बस्ने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नारायणी अनलाइनलाई जानकारी दिइन्।

    मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नुपर्ने भए पनि मन्त्रिमण्डल हेरफेरका कारण बैठक आजका लागि तय गरिएको हो। स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री जर्नादन शर्माको विषयमा पनि छलफल हुँदैछ।

    आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई समेत संलग्न गराएको र सिसीटीभी फुटेजसमेत गायब गराएको भनेर विवादित बनेका शर्मालाई प्रधानमन्त्रीले बिफ्रिङ गरेर स्पष्टीकरण सोध्ने तयारी छ। विवादित बनेका मन्त्री शर्माको राजिनामाको माग गरिएको छ। सत्ता गठबन्धनमा आवद्ध दलले समेत उनको राजिनामा मागेपछि प्रधानमन्त्री दबाबमा परेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.