चितवनमा पटकपटक विद्युत जाने समस्याले उद्योग व्यवसाय संकटमा, सर्वसाधारणलाई सास्ती
न्युजभित्तो/२१ असार २०७९, मंगलवार १०:२३
चितवन, २१ असार । पटक पटक विद्युत जाने समस्याले जिल्लाका उद्योग व्यवसाय संकटमा परेका छन् । दैनिक दर्जनौं पटक विद्युत जाने आउने समस्याका कारण उद्योग व्यवसाय मात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् ।
पछिल्ला दिनहरुमा भरतपुर वितरण केन्द्र अन्तर्गत विना सूचना पटक पटक विद्युत जाने समस्या रहेको छ । विगतमा विद्युत नियमित भएसँगै इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन् । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको लापरवाहीले समस्या आएको धेरैको गुनासो छ ।
उद्योग संघ चितवनका प्रतिनिधिले केही दिन अघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समस्याका बारेमा अवगत गराएका थिए । उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेको बताउनुभयो । डिजेलको मूल्य अत्याधिक बढेकाले जेनेरेटर चलाउने अवस्था नभएको भन्दै उहाँले दिनभर मजदुरलाई त्यसै पालेर राख्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “विद्युत समस्याका कारण उद्योग संकटमा पुगेका छन् । उपकरण जलेर ठूलो क्षति व्यहोर्नु परेको छ ।”
उद्योगी व्यवसायीका समस्या प्राधिकरणले नसुनेको उहाँको भनाई छ । कतिपय उद्योगमा बीचबीचमा विद्युत जाने समस्याले कच्चा पदार्थ समेत नष्ट हुने गरेको उहाँले जानकारी दिनुभयो । आर्थिक चलायमान कम भईरहेको समयमा उद्योग नियमित संचालन गर्न नपाउँदा बैंक किस्ता र व्याज बुझाउन समेत कठिन अवस्था आएको उहाँले बताउनुभयो ।
प्लास्टिक उद्योग संचालन गर्दै आउनु भएका पुराना व्यवसायी राजेन्द्र ओलीले लोडसेडिङको समयमा तालिका अनुसार काम गर्न पाएको भए पनि अहिले झनै अस्तव्यस्त भएको गुनासो गर्नुभयो । प्लास्टोटेक नेपाल र आर्शिवाद पाईप उद्योगका संचालक ओली कच्चा पदार्थ तातेपछि विद्युत जाँदा कच्चा पदार्थ समेत नष्ट हुने गरेको बताउनुहुन्छ ।
उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्ष समेत रहनु भएका ओलीले प्राधिकरणले उद्योगको समस्याका बारेमा ध्यान नदिएको गुनासो गर्नुभयो । यस्तै अवस्था रहेमा उद्योग संचालन गर्न सक्ने अवस्था नरहने उहाँ बताउनुहुन्छ ।
उद्योगका अतिरिक्त सर्वसाधारणहरु विद्युतका कारण हैरान भएका छन् । सानातिना व्यवसाय गर्नेहरु इन्भर्टर राख्नुपर्ने बाध्यता पुगेका छन् । तालिकामा गरिएको लोडसेडिङपछिको समयमा इन्भर्टर हटाएका भरतपुरका वासिन्दाले पुनः जडान गर्न बाध्य भएका छन् । भरतपुर वडा नं. १० का देवीप्रसाद शर्माले विद्युत प्राधिकरणका अधिकारीहरु र इन्भर्टर लगायतका व्यवसायीको साँठगाँठका कारण विद्युतमा समस्या सिर्जना गरिएको आरोप लगाउनुभयो ।
विद्यार्थीहरु अघोषित लोडसेडिङबाट निकै प्रभावित भएका छन् । चितवन जस्तो गर्मी ठाउँमा पटक पटक विद्युत आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित बनेको छ ।
विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले निर्माणका काम र विद्युत स्तरोन्नतीको काम भईरहेकाले समय समयमा विद्युत अवरोध भएको दावी गर्नुहुन्छ । उहाँको भनाईमा धेरै ठाउँमा विद्युतको सुधारको काम भईरहेको छ । रासस