सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वामदेवलाई निष्कासन गर्ने सफलले पहिला नै राजीनामा दिएको खुलासा


  •    न्युजभित्तो/१९ असार २०७९, आईतवार १२:२७ 
  • काठमाडौं,१९ असार– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने युवराज सफलले पहिला नै राजीनामा दिएको खुलेको छ। सो अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले गत १६ असारमै राजीनामा दिएका सफलले गौतमलाई निष्कसन गरेको भन्ने खबर सत्य नभएको बताएका छन्।

    ‘अभियानका नौजना सचिवालय सदस्यहरूमध्ये युवराज सफलले ०७९ असार १६ गते सचिवालय सदस्यबाट राजीनामा गर्नुभएको र १७ असारमा संयोजक कमरेड वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकमा छलफल भई राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको छ।’ पाण्डेले भने। सञ्चारमाध्यमले सफल नेतृत्वको सचिवालय बैठकले संयोजक गौतमलाई निष्कासन गरेको भन्ने गलत समाचार भएको उनको भनाइ छ।

    साथै, गौतमसमक्ष सफलले राजीनामा दिएको पत्र प्रचार विभाग प्रमुख पाण्डेले सार्वजनिक गरेका छन्। गौतम नेतृत्वको अभियानमा संलग्न हुन आएका आधुनिक नेपाल समाजवादी पार्टी नेकपा (राष्ट्रवादी), आमनेपाली पार्टीका प्रमुखहरूलाई अन्य दलसँग वार्ता गर्न गठन गरिएको वार्ता टोलीमा गौतमले समावेश नगरेको तथा सचिवालय गठन गर्दा उक्त पार्टीका नेताहरूलाई नराखेपछि राजीनामा दिएको सफलले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.