सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सहमति जुटेपछि बागमती प्रदेशसभाको बैठक आज दिउसो १ बजे बस्ने


  •    न्युजभित्तो/१३ असार २०७९, सोमबार १४:२४ 
  • मकवानपुर,१३ असार। अवरुद्ध हुँदै आएको बागमती प्रदेशसभाको बैठक आज दिउसो १ बजे बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बैठक सञ्चालनका लागि सर्वदलीय बैठकमा राजनीतिक दलहरुसँग छलफल गरी सहमति जुटाउनु भएसँगै बैठक आजै दिनको १ बजे सञ्चालन हुने भएको हो ।

    सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट संशोधनका विषयमा दलहरुबीच सहमति भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार दलहरुबीच प्रदेश सरकारले ल्याएको बजेट संशोधन गर्ने र प्रदेशका १३ वटै जिल्लामा समानुपातिक रुपमा बजेट बाँडफाँट गर्ने विषयमा सहमति जुटेको हो ।

    सहमति पछि अब नेकपा (एमाले)ले बैठक अवरोध नगर्ने भएको छ । प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समानरुपमा सम्बोधन गर्न नसकेको भन्दै संशोधनको मागसहित उक्त दलले प्रदेशसभाको बैठक अवरुद्ध पार्दै आएको थियो ।

    बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिए पनि अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संशोधन गरेपछि मात्रै संसद् सञ्चालन गर्न दिने अडान लिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.