बजेट पूर्व भरतपुर महानगरले ग-यो तीन तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल
न्युजभित्तो/४ असार २०७९, शनिबार १३:२२
चितवन, ४ असार । विकासका दृष्टिले गएको पाँच वर्षमा देशका अन्य महानगरलाई उछिनेको भरतपुर महानगरपालिकाले आगामी पाँच वर्षमा गर्ने कार्यका बारेमा तीन तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल गरेको छ । आगामी आर्षिक वर्षको बजेट आउनु पूर्व गरिएको छलफलका सुझावहरुलाई महानगरको नीति र बजेटमा नै समेट्ने गरी कार्यक्रम आयोजना गरिएको हो ।
छलफलमा पूर्व प्रधानमन्त्री, संघीय मन्त्री, संघीय मन्त्रालयका सचिव, महानिर्देशकहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रदेशका मुख्य मन्त्री, मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, विज्ञ तथा स्थानीयको सहभागिता थियो । स्थानीय र विज्ञका सुझावहरु सहित नेतृत्वमा रहेकाहरुको आश्वासन सो अवसरमा आएका थिए । अघिल्लो कार्यकालमा झिनो मतान्तरबाट निर्वाचित हुनु भएकी महानगर प्रमुख रेनु दाहालले आफ्नो दोस्रो कार्यकालमा अत्याधिक मतका साथ विजयी भएपछि थपिएको चुनौतीलाई सामना गर्ने उद्देश्यले बजेट पूर्व बृहत छलफल गरिएको हो ।
प्रमुख दाहालले तीन तहका सरकार, विज्ञ, स्थानीय सरोकारवालाहरुको सहभागितामा गरिएको कार्यक्रममा प्राप्त भएका सुझावलाई नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो “अल्पकालिन, मध्यकालिन र दीर्घकालिन विकास योजनाका लागि छलफल प्रभावकारी भयो ।” नेपालमा कुनै पनि पालिकाले बजेट पूर्व यो ढंगको कार्यक्रम नगरेको भन्दै उहाँले थप्नुभयो “हामीले तीन तहका सरकारका कार्यक्रम नजुध्ने गरी योजनाबद्ध विकासका लागि छलफल चलाएका हौं ।”
विगतमा भएका उपलब्धीको समीक्षा गर्दै राम्रो कामलाई संस्थागत रुपमा अघि बढाउने र कमिकमजोरीलाई शिक्षाका रुपमा लिएर अघि बढ्ने उहाँको भनाई छ । महानगरले विगतदेखि संचालनमा रहेका महत्वपूर्ण आयोजनाहरु सम्पन्न गर्ने र नयाँ आयोजना अघि बढाउने गरी छलफल चलाईएको उहाँले बताउनुभयो । दाहालले आफ्नो निर्वाचनको समयमा घोषणापत्रमा समावेश गरिएका महत्वपूर्ण कार्यक्रमहरुलाई आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरी योजना अघि सार्नुभएको छ । यस अघि महत्वकांक्षी भनिएका आयोजनाहरु निकै जोडबलका साथ अघि बढेपछि दाहाललाई थप उर्जा प्राप्त भएको छ ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले देशका प्रबुद्ध व्यक्तित्वहरुको सुझावलाई आत्मसाथ गर्दै बजेट निर्माण गर्ने बताउनुभयो । कतिपय विषयलाई अहिलेकै बजेटमा समेट्न सकिने भन्दै उहाँले कतिपय योजना बहुवर्षिय रुपमा अघि बढाउनु पर्ने रहेको बताउनुभयो । उहाँले भन्नुभयो “केन्द्र, प्रदेशबाट योजना ल्याउन कार्यक्रम फलदायी भएको छ ।”
महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले छलफलले स्थानीय आवश्यकता र महानगरको योजनाबारे जनसमक्ष पुगेको भन्दै जनतालाई महानगरप्रति अपनत्व बढेको बताउनुभयो । खुल्ला रुपमा समस्या र स्रोतबारे जनसमक्ष पुगेको उहाँको भनाई छ । सरोकारवालाहरुबाट प्राप्त भएको सुझावका आधारमा योजना तय गर्ने भन्दै उहाँले भन्नुभयो “संघ, प्रदेश र स्थानीय योजना तादम्यता यसबाट हुने भयो ।” विकास योजनाका समस्याको पहिचान भएको भन्दै उहाँले संघ र प्रदेशबाट प्राप्त हुने बजेट थप हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “हाम्रो संघ र प्रदेशसँगको सम्बन्धलाई पनि यसले बढाएको छ ।”
महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालले यो कार्यक्रमले महानगरको बजेट तर्जुमा गर्न सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो “सबै पालिकाहरुले यही ढंगको छलफल गरेर बजेट निर्माण गर्न सकेमा उपलब्धीपूर्ण हुन्छ ।” विगतमा पनि महानगरपालिकाले समय समयमा यस्ता छलफल चलाएर योजना तर्जुमा गरेकै कारण विकासले गति लिएको उहाँको भनाई छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति थियो । उहाँ चितवन क्षेत्र नं. ३ का सांसद समेत हुनुहुन्छ । उहाँको आधाभन्दा बढी क्षेत्र महानगरमा पर्दछ । महानगरभित्र सबैभन्दा बढी समस्या देखिएको नारायणी तटबन्धमा ठूलो रकम विनियोजन गर्नुभएकी उर्जा, सिंचाई तथा जलश्रोत मन्त्री पम्फा भूषाल उपस्थित हुनुहुन्थ्यो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । चितवनलाई काठमाण्डौं, पोखरा, भैरहवा र वीरगञ्जसँग एक घण्टामा जोड्ने गरी सडक सञ्जाल अभियानमा लाग्नु भएका पौडेल चितवनवासी हुनुहुन्छ ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, बागमती प्रदेशका उद्योगव बाणिज्य तथा आपूर्ती मन्त्री मिलनबाबु श्रेष्ठ, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल, संघीय अर्थ सचिव मधुकर मरासिनी, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका सचिब गोपल प्रसाद सिग्देल, सडक बिभागका महानिर्देशक अर्जुनजंग थापा, नागरिक उड्ययन प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारी, सिंचाई विभागका महानिर्देशक सुशिलचन्द्र आचार्य, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश योजना आयोगका उपाध्यक्ष कृष्ण पन्त सहभागी हुनुहुन्थ्यो ।
यसैगरी प्रदेश सभा सदस्यहरु, राजनीतिक दलका जिल्ल्ला नेतृत्व, स्थानीय बुद्धिजीवि र सरोकारवालाहरु सहभागी हुनुहुन्थ्यो । उहाँहरुले खुल्ला बहस मार्फत् विगतमा भएका राम्रा पक्ष, कमिकमजोरी र गर्नुपर्ने कामका बारेमा सुझाव दिनुभएको थियो । रासस