सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवी लामिछाने काँग्रेस,एमाले र राप्रपालगायतका दलसँग छलफलमा,कुन पार्टी प्रवेश गर्लान ?


  •    न्युजभित्तो/३ असार २०७९, शुक्रबार ११:५४ 
  • काठमाडौं,असार ३- संचारकर्मी रवी लामिछानेले पूर्णकालीन राजनीति गर्ने भन्दै ग्यालेक्सी फोर के बाट बिदा लिएका छन् । उनले बिहीबार आफू राजनीतिमा प्रवेश गर्न लागेको बताउँदै असार ७ गते काठमाडौंको सभागृहमा भेला गरेर के गर्ने भन्नेबारेमा घोषणा गर्ने बताएका थिए ।

    स्रोतले दिएको जानकारीअनुसार लामिछाने संसदको चुनाव लड्ने तयारीमा छन् । उनी कांग्रेस, राप्रपालगायतका दलसँगको संवादमा रहेको स्रोत बताउँछ । यसलाई पुष्टि गर्दै लामिछाने निकट रहेका पत्रकार दीपक बोहोराले भने, “कांग्रेस, राप्रपालगायतका दलसँग पनि छलफल भइरहेको छ, एमालेका केही नेतासँग पनि छलफल भएको हो । नयाँ दल नै खोल्ने कि भन्नेमा पनि गृहकार्य भइरहेको छ ।”

    उनले पनि ७ गते नै यसबारेमा जानकारी गराउने तयारी गरेका छन् । कांग्रेसका केही पदाधिकारी र राप्रपाका प्रमुख नेताहरुसँग लामिछानेले एकचरणको संवाद गरिसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.