सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको रत्ननगरमा कारको ठक्करबाट एक महिलाको मृत्यु, एक गम्भीर घाईते


  •    न्युजभित्तो/२९ जेष्ठ २०७९, आईतवार १९:२१ 
  • चितवन, २९ जेठ । पूर्वी चितवनको रत्ननगरमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाईते भएकी छिन् । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. ५ की ४२ वर्षिया सेतीमाया घलान अधिकारी रहेकी छिन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज साँझ ५ः४० बजेको समयमा रत्ननगर ५ मगरटोलस्थित भित्री सडकमा मगरटोलबाट गैरीबारी रिसोर्टतर्फ जाँदै गरेको बा २० च ४११४ नं. को कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट अधिकारीको घटनास्थलमा नै मृत्यु भएको छ भने स्थानीय ५५ वर्षिया राधिका बोटे गम्भीर घाईते भएकी छिन् ।

    घाईते बोटेको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भईरहेको छ । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याईएको प्रहरीले जनाएको छ । ठक्कर दिने कार ईलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको छ भने कार चालक फरार रहेको र उनको प्रहरीले खोजी कार्य जारी राखेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.