सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो


  •    न्युजभित्तो/२८ जेष्ठ २०७९, शनिबार १०:४० 
  • चितवन,जेठ २८– नारायणघाट-मुग्लिन सडक खण्डमा फेरि पहिरो खस्दा यात्रुलाई सास्ती भएको छ । राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो । अहिले पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ । पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न सकेको छैन ।

    अहिले गाडी चापमा चलिरहेका र जाम रहेको मुग्लिन प्रहरीले जनाएको छ । हिजो शुक्रवार बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा घण्टौँसम्म गाडी जाम भएको थियो । दिउँसो पहिरो पन्छाएर गाडी चल्न थाले पनि फेरि पहिरो खस्दा यात्रुले सास्ती पाएका छन् ।

    पानी पर्नेबित्तिकै ठाउँठाउँमा पहिरो खस्ने गर्दा नारायणघाट-मुग्लिन सडक खण्डको यात्रा कष्टकर हुन थालेको छ । यो सडक राजधानी काठमाण्डौलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो ।

    यस्तै मुग्लिन नजिकै पर्ने पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा साना गाडी मात्र सञ्चालन भैरहेको छ । आँबुखैरेनी नजिकै मर्स्याङ्दी विद्युत् गृह नजिकै हिजो बिहान सडक भासिएपछि बन्द भएको सडक खण्ड मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि बन्द गर्न थालिएको छ ।

    हिजो बेलुकी ७ बजेदेखि बन्द गरिएको सडक बिहान ५ बजे खुले पनि साना गाडी मात्रै सञ्चालन हुन सक्ने आँबुखैरेनी प्रहरीले जनाएको छ । सडक मर्मत गर्न समय लाग्ने भएकाले ठूला गाडीलाई वैकल्पिक बाटोबाट सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ । हिजो बिहान सडक भासिएर कार खस्दा दुई जनाको ज्यान गएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.