सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो


  •    न्युजभित्तो/२८ जेष्ठ २०७९, शनिबार १०:४० 
  • चितवन,जेठ २८– नारायणघाट-मुग्लिन सडक खण्डमा फेरि पहिरो खस्दा यात्रुलाई सास्ती भएको छ । राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो । अहिले पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ । पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न सकेको छैन ।

    अहिले गाडी चापमा चलिरहेका र जाम रहेको मुग्लिन प्रहरीले जनाएको छ । हिजो शुक्रवार बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा घण्टौँसम्म गाडी जाम भएको थियो । दिउँसो पहिरो पन्छाएर गाडी चल्न थाले पनि फेरि पहिरो खस्दा यात्रुले सास्ती पाएका छन् ।

    पानी पर्नेबित्तिकै ठाउँठाउँमा पहिरो खस्ने गर्दा नारायणघाट-मुग्लिन सडक खण्डको यात्रा कष्टकर हुन थालेको छ । यो सडक राजधानी काठमाण्डौलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो ।

    यस्तै मुग्लिन नजिकै पर्ने पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा साना गाडी मात्र सञ्चालन भैरहेको छ । आँबुखैरेनी नजिकै मर्स्याङ्दी विद्युत् गृह नजिकै हिजो बिहान सडक भासिएपछि बन्द भएको सडक खण्ड मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि बन्द गर्न थालिएको छ ।

    हिजो बेलुकी ७ बजेदेखि बन्द गरिएको सडक बिहान ५ बजे खुले पनि साना गाडी मात्रै सञ्चालन हुन सक्ने आँबुखैरेनी प्रहरीले जनाएको छ । सडक मर्मत गर्न समय लाग्ने भएकाले ठूला गाडीलाई वैकल्पिक बाटोबाट सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ । हिजो बिहान सडक भासिएर कार खस्दा दुई जनाको ज्यान गएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.