चितवन,२७ जेष्ठ – तरकारी जोन सञ्चालन समन्वय समिति चितवनको संयोजकमा लेखनाथ भुसाल चयन भएका छन् । बिहीबार सम्पन्न समितिको तेस्रो अधिवेशनबाट भुसाल संयोजकमा चयन भएका हुन् ।
समिति सदस्यहरुमा जीवन लामा, हरिबहादुर थापा, मुक्तिराम अर्याल, शान्ता बस्नेत, हरिमाया महतो, दण्डपानी ढकाल, सरोज कोइराला र हिमकला गैरे चयन भएका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवन अन्तर्गत रहेको यस समितिले परियोजना कार्यान्वन तथा अनुगमन मूल्याङ्कन सहजीकरणमा सहयोग गर्ने गर्दछ । यसका ६० वटा सहकारी, समूह र कृषि फर्म आवद्ध छन् ।