चितवन, २७ जेठ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. १ स्थित डिपार्ट गाउँबस्तीमा बाघको आक्रमणबाट एक जना घाईते भएका छन् । घाईते हुनेमा स्थानीय ४३ वर्षिय इन्द्रबहादुर थिङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजेको समयमा तरकारी टिप्न खेतमा जाने क्रममा बाघले आक्रमण गरेको हो । आक्रमणबाट थिङको अनुहार, घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ । घाईतेको उपचारका लागि भरतपुरतर्फ ल्याईएको छ ।
उक्त बाघले स्थानीय सुकबहादुर थिङको एउटा भैंसी र सुकराम तामाङका दुईवटा बंगुर मारेको र जितबहादुर थिङको एउटा गाई समेत घाईते बनाएको प्रहरीको भनाई छ ।