सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आँबुखैरेनीमा सडक भासियो, यातायात अवरुद्ध


  •    न्युजभित्तो/२७ जेष्ठ २०७९, शुक्रबार ०८:०० 
  • तनहुँ, २७ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ ड्याम नजिक सडक भासिएको छ । गएरातिदेखि परेको अबिरल वर्षाको कारण करिब २० मिटर सडक भासिएपछि दुईतर्फी नै यातायात बन्द भएको हो ।

    सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि सवारी साधनहरुलाई जताबाट आएको हो, त्यतैतर्फ फर्काइएको उनले बताए ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार कारसहित केही सवारी साधन मर्स्याङ्दी नदीमा खसेको अनुमान गरिएको छ । ट्राफिक प्रहरी प्रमुख गोकर्ण नेपालले भने, “गएरातिदेखि परेको अविरल वर्षाले सडक भासिएर नदीमा पुगेको छ । केही सवारी साधन पनि खसेको हुनसक्ने अनुमान गरिएको छ । तर मानवीय क्षति भएको छ कि छैन एकिनका साथ भन्न सकिन्न ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.