चितवन, २७ जेठ । पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ । आज बिहान ४ बजेको समयमा ईच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षिय जनक दाहालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाण्डौंबाट भारतको सिलगीतर्फ जाँदा गरेको बा ५ ख ७८४३ नम्बरको नेपाल भारत मैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो । दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याईएको छ भने बस र बसका चालकलाई ईलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।