चितवन,२५ जेष्ठ – चितवनमा मंगलबार बाघले आक्रमण गरेको महिलाको शव फेला परेको छ ।
मंगलबार दिउँसो ४ बजे बाघले आक्रमण गरेको भरतपुर महानगरपालिका २३ कि अन्दाजी ५५/६० वर्षीया मंगलि बोटेको शव राति फेला परेको हो ।
घैलाघारी सामुदायिक वनमा निगुरो टिप्न गएकी बोटेलाई बाघले आक्रमण गरेको थियो । उनको शव राति ८:३० बजे घटनास्थल भन्दा एक सय मिटर भित्र फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।