सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हाकिमचोकदेखि सीतामाई सडक खण्डको मेयर दाहालद्धारा शिलान्यास


  •    न्युजभित्तो/२५ जेष्ठ २०७९, बुधबार १३:०६ 
  • चितवन, जेठ २५– भरतपुर महानगरपालिका वडा नम्बर–८ स्थित अशोकचोकदेखि डेरीचोकसम्मको सडक स्तरोन्नती गरिने भएको छ । हाकिमचोक–धारेचोक–पाँडेघुम्ती–सीतामाई सडक खण्डको अशोकचोकदेखि डेरीचोकसम्मको सडकको ४ किलोमिटर सडकको बुधबार शिलान्यास गरिएको छ ।

    भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बुधबार विहान एक कार्यक्रमका बीच सो सडकको शिलान्यास गरेकी छन् । वागमती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ६ करोड ८५ लाख ४३ हजार ६ सय २८ रुपैयाँको लागतमा सडक निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्र कुमार चौधरीले जानकारी दिए। ओम सत्यसाई कन्ट्रक्सन प्रालि भरतपुर–९ ले निर्माण गर्ने सडक ७ मिटर चौडा हुनेछ ।

    २०८० साल मंसिरमा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख चौधरीले बताए। यसअघि हाकिमचोकदेखि अशोकचोकसम्मको ३ दशमलव ८ किलोमिटर सडक भरतपुर महानगरपालिले निर्माण गरिसकेको छ ।

    शिलान्यास कार्यक्रममा बोल्दै मेयर दाहालले यस सडक खण्डको काम समयमै सम्पन्न हुनेमा विश्वास व्यक्त गरिन् । ‘अहिले जसले ठेक्का पाउनु भएको छ, उहाँले समयमै सम्पन्न काम गरेबापत पुरस्कृत हुने ठेकेदार हुनुहुन्छ, मलाई आशा छ यस सडकबाट पनि उहाँ पुरस्कृत हुनुहुनेछ’–मेयर दाहालले भनिन् । उनले विगतदेखि नै यस सडक खण्ड स्तरोन्नतीका लागि वडा अध्यक्षलगायतले आफूलाई झकझकाई रहेको भन्दै ठूलो बजेट भएकाले बागमती प्रदेश सरकारलाई अनुरोध गरेपछि बजेट प्राप्त भएको बताइन् । उनले यसअघिको आफ्नो कार्यकालमा वडा नं.८ मा मात्रै ७० वटा बाटो निर्माण भएको भन्दै यस वडामा विकास निर्माणका काममा आफूले जहिले पनि सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको बताइन् ।

    वडा नं.८ का अध्यक्ष जीवनाथ कंडेलले सडक निर्माणका लागि सहयोगी भूमिका खेलेकोमा महानगर प्रमुख दाहाललाई धन्यवाद दिए । उनले आफ्नो वडामा विकास निर्माणलाई तिव्रता दिने भन्दै मेयर दाहाललाई अन्य सहयोगी भूमिका निर्वाह गरिदिन आग्रह गरेका थिए । कार्यक्रममा निवर्तमान वडा अध्यक्ष दामोदर न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.