सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिसडोलमा फोहोर फाल्न दिएनन् स्थानीयले, काठमाडौंमा भएको सहमति नमान्ने


  •    न्युजभित्तो/२४ जेष्ठ २०७९, मंगलवार १४:३९ 
  • काठमाडौं,जेठ २४- हिजो काठमाडौंमा भएको सहमति नमान्ने भन्दै नुवाकोट सिसडोलका स्थानीयले फोहोर फाल्न रोकेका छन् । सहमतिअनुसार आज बिहान काठमाडौंबाट डम्पिङका लागि लगिएको फोहोरका गाडीलाई स्थानीयले रोकेका हुन् ।

    हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा भएको जनप्रतिनिधिहरुबीचको वार्तामा काठमाडौं महानगर, ललितपुर, ककनी, धुलिबेसी र गोकर्णेश्वरका जनप्रतिनिधिबीच आजदेखि फोहोर उठाउने सहमति भएको थियो ।

    वार्तामा स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पूरा गर्ने काठमाडौं महानगरले प्रतिबद्धता जनाएको थियो । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धतासहितको सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सहमतिअनुसार महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.