सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा रासायनिक मलको चरम अभाव, किसान चिन्तामा


  •    न्युजभित्तो/२४ जेष्ठ २०७९, मंगलवार १०:३८ 
  • चितवन, जेठ २३- चितवनमा धान रोप्ने समय सुरु हुन लाग्दा बजारमा रासायनिक मलको चरम अभाव भएकोले किसान चिन्तित छन् ।

    हरेक वर्ष जस्तै यस वर्ष पनि धान रोप्ने समयमा जिल्लामा रासायनिक मलको चरम अभाव हुँदा किसानहरु चिन्तित भएका हुन् ।

    असारमा धान खेतीको सिजन सुरु हुन लागेकोले विगत वर्षदेखि अभाव भोग्दै आएका किसानलाई धान रोप्दा खेतबारीमा यस वर्ष पनि छर्ने युरिया,डीएपी मलको अभाव भएको हो । साल्ट ट्रेडिङ कर्पाेरेसन चितवनका प्रमुख बुद्धिविनोद दाहालले चितवनमा मलको अभाव रहेको बताए । उनले अब दुईतीन दिनमा मल आइपुग्ने दाबी पनि गरे ।

    भरतपुर माहानगरपालिकाको कृषि तथा पशुपन्छी प्रवद्र्धन शाखाकी प्राविधिक सहायक अन्जु साहाको अनुसार अहिले जिल्लामा रासायनिक मलसँगै धानको बिउको उच्चमाग रहेको छ । तर, महानगरले मागको एक चौँथाइ पनि बिउ र मल पु¥याउन सकेको छैन । यस वर्ष माहानगर क्षेत्र भित्रबाट मात्रै शाखामा ७५ वटा सहकारीबाट धानको बिउ र मलको मागआएको उनले जानकारी दिइन् । अहिले बिउको गुणस्तरकै कारण धान नफल्ने समस्या पनि रहेको उनको भनाइ छ ।

    त्यस्तै मलको समस्या हेर्दा भरतपुर महानगरलाई मल कृषि सामग्री र साल ट्रेडिङले भाग लाएर दिने गर्छ । उनकाअनुसार महानगरको लागि २०७८ को माघ १६ गते मल आएपछि हालसम्म आएको छैन । उनले अब मल कहिले आउछ त्यो पनि निश्चित नहुने नारायणी अनलाइनलाई बताइन् । महानगरलाई मलको कोटा आउने र त्यही आएको मलको आधारमा शाखाले सहकारीलाई मल बितरण गर्दै आएको उनको भनाइ छ । उनी भन्छिन्, ‘हामीले मागको २५/३० प्रतिशत मात्र पनि पु¥याउन सकेको छैन ।’

    अनुदानको मलआएको छैन र पछिल्लो समय युरिया माघ १७ गते आएको थियो भने डीएपी मंसिरमा आएको भरतपुर–१० को हाम्रो बकृ सहकारी संस्थाकी व्यवस्थापक पवित्रा अधिकारी पौडेलले जानकारी दिइन् । सहकारीले पहिले व्यक्तिको जग्गा हेरेर मल दिने गरे पनि अहिले बेचिएको नेपाली कालो मल मागअनुसार बेचिएको उनको भनाइ छ । अहिले बेचिएको मल अनुदानको मल भन्दा महंगो पर्ने र गुणस्तर पनि कम भएको उनले बताइन् ।

    त्यस्तै चितवनमा तरकारी खेती तथा धान खेती गर्दै आएका कृषक टिकाराम गौतमका अनुसार अहिले मात्र नभएर विगतका वर्षदेखि नै रासायनिक मलको अभावहुँदै आएको छ । खेती लगाउने समयमा सधै मलको समस्या भोग्नु परेको र अहिले पनि युरियाको चरम अभाव रहेको उनको गुनासो छ । उनी भन्छन्, ‘धानको लागि प्रांगारिक मल सँगसँगै रासायनिक मलको पनि उत्तिकै आवस्यक हुने भएकोले यसको प्रयोग गर्न अति आवस्यक छ ।’ खेती बाली लगाउदा पहिले देखिनै प्रयोग गर्दै आएका किसानहरु अहिले रासायनिक मलको प्रयोग नगर्दा उत्पादनमा कमी आउने उनको भनाइ छ । आफूहरुले खेतीबाली लगाउँदा खेतबारीमा डीएपी, पोटास, युरिया, जिंकको प्रयोग गर्ने गरेको र घास चाढै बढाउन समेत १/२ पटक युरिया हाल्ने गरेको उनले बताए । उनकाअनुसार उनीहरुले धान रोप्ने सिजनसँगै अरु सिजनमा पनि सहज तरिकाले मोल पाएका छैनन् । अहिले सहकारीमा डीएपी केही पाए पनि युरिया भने लामो समयदेखिनै पाउन कठिन भएको उनको भनाइ छ ।

    सहकारीबाट सेयर सदस्य बनेर मोल ल्याउने गरेको बताउँदै उनी भन्छन्,‘हामीले धेरै खेतीबाली लगाउने गर्छौ त्यसैले सहकारीले बाँढेको ५/१० केजिमल उपयुक्त छैन । ’ हाम्रो देश कृषि प्रदान देश भए पनि सरकारले कृषि क्षेत्रमा नीति नल्याउदा मलको अभाव भएको उनको धारणा छ । त्यस्तै विशेषत धान खेती लगाउने समयमा कालो बजारी गर्ने कारणले जिल्लामा मलको अभाव भएको सजिता ढकाल बताउँछिन् । व्यापारीहरु मलको मूल्यभन्दा ३/४ गुना बढीमा मल बेच्ने गर्छन् र जिल्लामा मलको अभाव हुँदा बढी मूल्य तिरेर कालो बजारी गरेर मलकिन्दा देशमा मलको अभाव सिर्जना भएको उनले जानकारी दिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.