सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विप्लव समूहद्वारा अमेरिका र सरकारको बिरुद्धमा बिरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक


  •    न्युजभित्तो/२३ जेष्ठ २०७९, सोमबार १४:०६ 
  • काठमाडौं,२३ जेष्ठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सरकार र नेपाल सरकारको बिरुद्धमा बिरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको छ ।

    सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी सरकार र नेपाल सरकारको बिरुद्धमा बिरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको हो ।

    उक्त पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, जनाधिकार र जनजीविकाको दृष्टिले नेपाली जनता इतिहासमै चरम संकटको अवस्थावाट गुज्रि रहेका छन् । हाम्रो देशमाथि अमेरिकी साम्राज्यवादी हस्तक्षेप तीव्र भई राखेको छ । अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको नेपालस्थित तिब्बतीयन शरणार्थी शिविरको भ्रमणले उक्त कुराको पुष्टि गर्दछ । एमसीसीका अमेरिकी कर्मचारी नाङ्गो रुपमा एमसीसी परियोजनाका टावर निर्माण स्थलमा पुगेका छन् । पाल्पाको घटनाले यस कुराको उजागर गरेको छ ।’

    विप्लव समूहले जेठ २५ गते राजमार्ग, काठमाडौँ उपत्यका र देशव्यापी किसान बिरोध प्रदर्शन, जेठ २७ गते अमेरिकी हस्तक्षेपविरुद्ध देशब्यापी बिरोध प्रदर्शन, जेठ ३० गते एमसीसीका कार्यालय र जिल्ला सदरमुकाममा बिरोध प्रदर्शन र घेराउ, असार २ गते राजबन्दी रिहाईको पक्षमा देशब्यापी मसाल जुलुस निकाल्ने र असार ५ गते चर्को महंगी र भाडा वृद्धिबिरुद्ध देशब्यापी बिरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।

    यस्तो छ विप्लव समूहले निकालेको प्रेस विज्ञप्ति

    विप्लव समूहले निकालेको प्रेस विज्ञप्ति

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.