सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरलाई सुन्दर र हराभरा बनाउन कुनै कसुर बाँकी राख्दैनौं : उप-मेयर अधिकारी


  •    न्युजभित्तो/२३ जेष्ठ २०७९, सोमबार १२:०४ 
  • भरतपुर,२३ जेष्ठ– भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारीले मानव जीवनसँग वातावरणको प्रत्यक्ष सम्बन्ध रहेको बताएका छन् ।

    भरतपुर महानगरलाई सफा, सुन्दर र हराभरा बनाउने सवालमा जनप्रतिनिधिहरु कुनै कसुर बाँकी नराख्ने उप-प्रमुख अधिकारीले बताए । आज (सोमबार) जागृति टोल बिकास संस्था, नमूना आमा समूह र वृक्षारोपण उपभोक्ता समितिले भरतपुर ५ मा आयोजना गरेको वृक्षारोपण तथा सम्मान कार्यक्रममा बोल्दै उनले सबै मिलेर वातावरण संरक्षणमा जुट्नु पर्नेमा जोड दिए ।

    उनले जनताले तिरेको करसँग वृक्षारोपणको सम्बन्ध जोडिएको पनि बताए । भरतपुर ५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठले भोलिको बिकासको योजनालाई ध्यानमा राखेर वृक्षारोपण गर्नु पर्नेमा जोड दिए ।

    कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदी, हरियाली प्रबर्द्धन शाखा प्रमुख लक्ष्मि ठगुन्ना, रामेश्वर शिवालय मन्दिरका अध्यक्ष हिम्मतबहादुर शाह लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा विभिन्न जातका ७० वटा बिरुवा रोपिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.