भरतपुरलाई सुन्दर र हराभरा बनाउन कुनै कसुर बाँकी राख्दैनौं : उप-मेयर अधिकारी
न्युजभित्तो/२३ जेष्ठ २०७९, सोमबार १२:०४
भरतपुर,२३ जेष्ठ– भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारीले मानव जीवनसँग वातावरणको प्रत्यक्ष सम्बन्ध रहेको बताएका छन् ।
भरतपुर महानगरलाई सफा, सुन्दर र हराभरा बनाउने सवालमा जनप्रतिनिधिहरु कुनै कसुर बाँकी नराख्ने उप-प्रमुख अधिकारीले बताए । आज (सोमबार) जागृति टोल बिकास संस्था, नमूना आमा समूह र वृक्षारोपण उपभोक्ता समितिले भरतपुर ५ मा आयोजना गरेको वृक्षारोपण तथा सम्मान कार्यक्रममा बोल्दै उनले सबै मिलेर वातावरण संरक्षणमा जुट्नु पर्नेमा जोड दिए ।
उनले जनताले तिरेको करसँग वृक्षारोपणको सम्बन्ध जोडिएको पनि बताए । भरतपुर ५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठले भोलिको बिकासको योजनालाई ध्यानमा राखेर वृक्षारोपण गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदी, हरियाली प्रबर्द्धन शाखा प्रमुख लक्ष्मि ठगुन्ना, रामेश्वर शिवालय मन्दिरका अध्यक्ष हिम्मतबहादुर शाह लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा विभिन्न जातका ७० वटा बिरुवा रोपिएको थियो ।