सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँदरमुढे घटनाको १७ वर्ष पूरा, पीडित भन्छन् : अझै न्याय पाउन सकेनौं


  •    न्युजभित्तो/२३ जेष्ठ २०७९, सोमबार ११:२८ 
  • चितवन,२३ जेष्ठ– १७ वर्षअघि आजकै दिन अर्थात् वि.सं.२०६२ जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुढे खोलामा भयानक घटना भयो ।
    जुन घटनाले अहिले पनि माडीवासीलाई सशंकित तुल्याउँछ । गोविन्दबस्ती बगई (माडी) बाट भरतपुरका लागि छुटेको यात्रुवाहक बसमा तत्कालीन विद्रोही नेकपा (माओवादी)ले बाँदरमुढे खोलामा बम विस्फोट गराउँदा ३८ जनाको घटनास्थलमै मृत्यु भयो ।

    घटनामा ७२ जना घाइते भए भने तीमध्ये ४ जनाको उपचारका क्रममा निधन भयो । यही हृदयविदारक घटनाले वर्षेनी उक्त घटनामा परेका परिवारले आँशु बगाउन बाध्य छन् । घटना गराउने नेकपा (माओवादी) युद्धपछि शान्ति प्रक्रियामा सामेल हुँदै मूलधारको राजनीतिमा आइसकेको छ । त्यसलगत्तै निरन्तर सत्तामै रहेको माओवादीले घटनाबारे सत्य–तथ्य छानबिन गरि दोषीले सजाय नदिँदा पीडितहरु झन् पीडित बनेका छन् ।

    यसबीचमा पटक–पटक पीडितका परिवारहरुसँग वार्ता र सहमति भयो तर ती सहमति कागजमै सीमित बने । बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले घटना हुँदा पीडितको अवस्था जस्तो थियो अहिले पनि त्यस्तै रहेको बताउछ्न ।
    ‘घटना भएको १७ वर्ष पुग्दा पनि पीडित परिवारमा कुनै परिवर्तन आएन, घटनाको दोषीलाई कारबाही पनि भएन, पीडितले क्षतिपूर्ति र न्याप पनि पाएनन्’–अधिकारीले भने ।

    पहिलोपटक २०६४ सालमा माओवादी सरकारमा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको फूलबारीमा बसेर पीडित परिवारसँग छलफल गरेका थिए ।

    त्यसबेला उहाँले ठूलो प्याकेज लिएर आउने आश्वासन दिलाउनुभएको थियो । तर, अहिलेसम्म पीडित परिवारले त्यो कस्तो ठूलो प्याकेज भनेर हेर्न पनि पाएका छैनन् । सोही बैठकमा समेत सहभागी भएका अधिकारीले भने, ‘त्यतिबेला संसारलाई नै चकित हुने गरि ठूलो प्याकेज लिएर आउँछु भने, तर, त्यो कस्तो प्याकेज, कहिले आउँछ हामीलाई थाहा छैन, १७ वर्ष पूरा हुँदा पनि प्याकेजबारे अन्यौल छौं ।’

    अध्यक्ष दाहाल २०७४ सालको निर्वाचमा चितवन क्षेत्र नं.३ बाट निर्वाचन लडे। त्यही क्षेत्रमा पर्ने ठाउँ हो माडी । त्यतिबेला कम्युनिष्ट एकता भन्दै माओवादीले एमालेसँग गठबन्धन गरेर चुनाव लडेको थियो । चुनावको बेलामा उहाँले पार्टी निकट रहेका पीडितहरुलाई लिएर सहमति गर्नुभयो । तर उहाँको त्यो सहमति पनि पालना हुन सकेन ।

    त्यतिबेला तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गर्ने मध्येका एक हरि न्यूरे ‘सुदिप’ले सहमति पत्रमा हस्ताक्षर गरेर धोका पाएको बताउछ्न। दिदी डिला निउरे र भाञ्जा निश्चल सापकोटालाई गुमाउनुभएका न्यूरेले भने, ‘धेरै आश गरेर सहमति गरेका थियौं, तर त्यो सहमति पालना भएन, पहिले हाम्रो अवस्था जस्तो थियो अहिले पनि त्यस्तै छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.