भरतपुरको कल्याणपुर फिडरबाट आज विद्युत आपुर्ति बन्द नहुने
न्युजभित्तो/२२ जेष्ठ २०७९, आईतवार १२:५९
भरतपुर,२२ जेष्ठ – नेपाल विद्युत प्राधिकरणले भरतपुरले कल्याणपुर फिडर निर्माण कार्य स्थगित गरेको छ ।
कक्षा १२ को परीक्षालाई मध्यनजर गर्दै हाललाई निर्माण कार्य स्थगित गरिएको कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलले जानकारी दिए ।
मर्मतका लागि आज बिहान ८ देखि साँझ ५ बजेसम्म कल्याणपुर फिडर अन्तर्गत धर्मचोक, पेन्सनक्याम्प, कल्याणपुर, अजयचोक, विकासचोकदेखि कैलाशनगर आसपासका क्षेत्रमा विद्युत आपुर्ति बन्द हुने बताईएको थियो । तर कक्षा १२ को परीक्षा दिइरहेका विद्यार्थीहरुलाई असर नहोस् भन्दै आज सटडाउन नगरिएको उनले बताए ।
केन्द्रले शनिबार नै सूचना जारी गर्दै आज ११ केभीको एचटी लाइन निर्माण कार्य हुने जनाएको थियो । अब परीक्षा सकिएपछि मात्रै निर्माण कार्य अघि बढाइने पौडेलले जानकारी दिए ।