चितवन, जेठ १९–चितवन प्रहरीले अवैध चाँदीका गरगहना बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट चेकिङ्गको लागि खटिएको टोलिले बुधबार अपरान्ह ५ बजे भरतपुर महानगरपालिका वडा नं. ११ स्थित भोजाड–पदमपुर सडक खण्डमा अवैध चाँदी बरामद गरिएको हो ।
करिव २ लाख २८ हजार १९७ रुपैयाँ बराबरको १७९ तोला २८ लाल चाँदी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
चाँदीसंगै प्रहरीले राप्ती नगरपालिका–११ स्थायी घर भएका हाल नवलपरासी पूर्व गैंडाकोट–५ मा बस्दै आएका २४ वर्षीय कुमार वि.क.लाई पक्राउ गरेको छ । उनले चलाएर आएको प्र.०३–००२ प ७०६६ नम्बर को १५० सि.सि.को पल्सर मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ भने आवश्यक कारवाहीको लागी उनलाई राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।