सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समस्यामा चितवनका विद्यार्थी : नयाँ शैक्षिक सत्र सुरु, छैन पुस्तक


  •    न्युजभित्तो/१९ जेष्ठ २०७९, बिहीबार १२:०६ 
  • चितवन,१९ जेष्ठ– नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता वितिसक्दासमेत यहाँका विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो ।

    जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयको पाठ्यपुस्तक अभाव भएको हो । अन्य पुस्तक धमाधम वितरण भइरहेको उनले जानकारी र्दिए।

    चितवनसहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यस केन्द्रबाट पुस्तक वितरण गर्ने गरिएको छ । गत वर्ष यस केन्द्रबाट ४५ लाख सेट पुस्तक वितरण गरिएको थियो । यस शैक्षिक सत्रमा अहिलेसम्म ३० हजार सेट पुस्तक वितरण गरिएको छ ।

    अझै १५ हजार सेट पुस्तक माग भएको उनले बताए । थप माग भएका पुस्तक केन्द्रीय कार्यालयसँग माग भएको बताउँदै उनले यही महिनाभित्र पुस्तक विद्यार्थीको हातहातमा पुग्ने बताए ।

    यहाँबाट वितरण हुने जिल्लामा १६५ वटा पुस्तक पसल दर्ता भएर पुस्तक बिक्रीवितरण गर्न लगेका छन् । टाढाबाट आएका व्यवसायीले अहिले दर्ता गर्दै पुस्तक लाने गरेको उनको भनाइ छ । जिल्लामा मात्रै ८९ वटा पुस्तक पसल दर्तामा रहेको छन्। जिल्लामा ३२५ सामुदायिक विद्यालय रहेका छन् ।

    ती विद्यालयमा ९५ हजार २०४ विद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुवेदीले पुस्तकको अभाव हुन नदिन जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई अनुरोध गरिएको बताए । यस जिल्लालाई उच्च प्रथामिकतामा राखेर थप पुस्तक पठाउन लिखितरुपमै अनुरोध गरिएको उनले जानकारी दिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.